१९ कार्तिक, हेटौंडा । मतदाता शिक्षा दिन नसकेकै कारण अघिल्लो स्थानीय तहको निर्वाचनमा थोरै मतले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका कांग्रेस नेता आनन्दराम पराजुली मकवानपुरे जनतामा परिचित नाम हो ।
मेयरमा पराजित भएको भोलिपल्टैबाट जनताको सुखदुःखको सारथी बनेर हिँडेका उनले यसपटक मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट टिकट पाएका छन् । हेटौंडा उपमहानगरको १२ वटा वडा पर्ने यस क्षेत्रमा पराजुली घरदैलो तथा चुनावी कार्यक्रममा व्यस्त रहेका छन् ।
स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरकै टिकट पाउनसक्ने नेताको रुपमा चित्रित गरिएपनि गठबन्धनका कारण नेकपा (एस) को भागमा परेपछि चित्त बुझाउँदै गठबन्धनलाई जिताउने अभियानमा सक्रिय रहेका थिए । अहिले कांग्रेसले प्रदेशसभा सदस्य पदको टिकट दिएपछि उनीमाथि ‘न्याय’ भएको र ‘जित सुनिश्चित’ रहेको भन्ने मतदाताहरु पनि रहेका छन् ।
घरदैलोका क्रममा उनले आफूसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवार कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पनि मत मागिरहेका छन् । साथै नातागोता र आफन्त भए मकवानपुरका अन्य स्थानबाट उठेका गठबन्धनका नेताहरुलाई मतदानको लागि भन्न समेत उनले अनुरोध गरिरहेका छन् ।
पराजुलीले शुक्रबार हेटौंडा ५ र २ नम्बर वडाको घरघरमा पुगेर मत मागेका छन् । ‘अघिल्लो पटक हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चुनाव लडेकोले पनि मलाई यो पटक धेरै सहज भएको छ’, उनी भन्छन्, ‘मतदाताको साथ, सहयोग, सद्भाव र हौसलाले थप उर्जा मिलेको छ । माहौल निकै राम्रो छ, गठबन्धनको जित सुनिश्चित भैसकेको छ ।’
उनलाई अहिले कांग्रेससहित गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायतको दलको पनि साथ रहेको छ । उनी गठबन्धन बाहिर रहेका पार्टीका नेता कार्यकर्ताको पनि रोजाई बनिरहेका छन् ।
‘म कांग्रेसको कार्यकर्ता हुँ । म निरन्तर पार्टीलाई मजबुत बनाउन र यहाँका जनताको सुखदुःखमा साथै रहेको छु । चुनावी अभियानको क्रममा पनि मतदाताको धेरै साथ र सहयोग पाएको छु’, पराजुली भन्छन्, ‘पटक पटक चुनाव जितेको एमालेका उम्मेदवारहरुले कुनै एजेण्डा नै नभएपछि अनेक अफवाह र भ्रम फैलाइरहेका छन् । हामी त्यसलाई चिर्दै अघि बढेका छौं ।’
कांग्रेसकै पनि एउटा समूह तपाईंको विरुद्धमा छ भनिन्छ नि ? भन्ने प्रश्नमा उनले यो सब विरोधीले चलाएको अनावश्यक झुटो हल्ला मात्र भएको बताए । ‘कांग्रेस ठूलो पार्टी हो, यहाँ एकसेएक नेताहरु रहेका छन् । टिकटका लागि मसहित अन्य नेताहरुको पनि दावेदारी थियो । दावेदारी हुनु स्वभाविक पनि हो’, उनले भने, ‘टिकट मेरो नाममा आयो ।
अहिले सबै नेताहरु मकवानपुरका ६ जनै गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लागेका छौं । एकजनाले मात्रै हार्दा पनि गठबन्धनप्रति विश्वास नहुने, पार्टीमै समस्या आउने हुनसक्छ भन्ने बिषयमा हामी क्लियर छौ ।’ गठबन्धन र कांग्रेसभित्र कुनै समस्या नरहेको प्रष्ट पार्दै उनले कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न अनुरोध गरे ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















