Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जसले व्यक्तिगत लगानीमा गाउँगाउँमा एम्बुलेन्स पुर्‍याए

IMG_20221105_144728-1667638972.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरवासीको स्वास्थ्यप्रति चासो देखाएका मात्रै छैनन्, आवश्यक पूर्वाधारको व्यवस्थापनमा उल्लेख्य काम पनि गरेका छन् । 
उनले बिरामी पर्दा उपचार गर्न अस्पतालसम्म लैजान बिगतमा एम्बुलेन्स उलपब्ध गराए, जसका कारण अहिले मकवानपुरको बागमती, ईन्द्रसरोबर, मकवानपुरगढी र हेटौंडावासीलाई निकै सहज भएको छ । 
गरिब, निमुखा र असहाय जनताको स्वास्थ्यप्रति सजग हुँदै वाचा गरे अनुरुप एम्बुलेन्स उपलब्ध गराउँदा निकै सहज भएको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य योगराज खतिवडाले बताए । 
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारसमेत रहेका बानियाँले प्रत्येक स्थानीय तहका नागरिकसँग स्वास्थ्य उपचारको लागि पहुँच विस्तार होस् भनेर एक स्थानीय तह एक एम्बुलेन्सको अवधारणा यस अघिको निर्वाचनमा अघि सारेका थिए । २०७४ मा उनले बोलेका कुरा त्यसपछि क्रमसँग पूरा गर्दै आएका हुन् । 
बानियाँले उतिबेला एम्बुलेन्स अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर जिल्लाका विकट गाउँमा एम्बुलेन्स सहयोग गरे, त्यसले अहिलेसम्म पनि ती क्षेत्रका नागरिकलाई सहज भइरहेको छ । बानियाँले व्यक्तिगत लगानीमा हस्तान्तरण गरेका एम्बुलेन्सको प्रयोग गरी सम्बन्धित क्षेत्रका स्थानीयहरुले लाभ लिइरहेका छन् । बेलैमा बिरामीलाई अस्पतालसम्म पु¥याउन सकिएको छ । 
बानियाँले एम्बुलेन्स सञ्चालनका लागि केही रकम पनि उपलब्ध गराएका छन् । सिड मनी (बीउ पूँजी) को रुपमा उपलब्ध गराएको सो रकमले एम्बुलेन्सको सञ्चालनमा सहयोग पुगेको छ । 
२०७४ पुस १ गते हेटौंडा १८ स्थित हर्नामाडी स्वास्थ्य चौकीलाई उनले हस्तान्तरण गरेको एम्बुलेन्सबाट हर्नामाडी, हेटौंडा, छतिवन र मकवानपुरगढी लगायतका क्षेत्रका जनताले लाभ लिइरहेका छन् । 
हर्नामाडीमा रहेको वर्थिङ सेन्टरमा सुत्केरी गराउन आउनेहरुका लागिसो एम्बुलेन्स अझै प्रभावकारी भएको एम्बुलेन्स सञ्चालक समितिका संयोजक एवम् वडा सदस्य  खतिवडा बताउँछन् । 
स्वर्गीय दाजु राजकुमार बानियाँको दूर्घटनामा परी मृत्यु भएपछि बानियाँले अन्य बिरामीहरुको उपचार अभावमा मृत्यु नहोस् भन्ने भावनाका साथ एम्बुलेन्स सहयोग गरेको बताए । सो एम्बुलेन्स सञ्चालन भएयता सञ्चालक समितिमा ५ लाख रुपैयाँ बचत समेत भएको समितिका संयोजक खतिवडाले बताए । 
त्यस्तै स्वर्गीय बुवा क्षमबहादुर बानियाँको स्मृतिमा बानियाँले २०७५ फाुगुन १ गते बागमती गाउँपालिकाको राइगाउँ स्वास्थ्यचौकीको स्वामित्वमा रहनेगरी एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्स सञ्चालनको लागि उनले नगद ५० हजार रुपैयाँ पनि हस्तान्तरण गरेका थिए । 
२०७७  चैत ९ गते मा मकवानपुरगढी ७ सुकौरास्थित स्वास्थ्य चौकीलाई बानियाँकै पहलमा अन्य संस्थाहरुसमेतको सहयोगमा एम्बुलेन्स उपलब्ध गराइएको थियो । सो एम्बुलेन्स पनि हाल सञ्चालनमा रहेको र मकवानपुरगढीमा विभिन्न वडाका मानिसहरुलाई बिरामी पर्दा अस्पतालसम्म पुर्याउन सहज भएको मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बाले जानकारी दिए । 
बानियाँकै व्यक्तिगत लगानीमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ स्थित मार्खु स्वास्थ्यचौकीलाई पनि २०७८ चैत २७ गते एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । 
सो क्षेत्रको सेरा, नयाँगाउँ, नयाँखर्च, कुलेखानीलगायतका जनताले एम्बुलेन्स सेवाबाट प्रत्यक्ष लाभ लिइरहेको इन्द्रसरोवर १ का पूर्व वडा अध्यक्ष जमान सिंह वाइवा बताउँछन् । 
कृत्रिम खुट्टा पनि सहयोग 
बानियाँले दूर्घटनामा खुट्टा गुमाएका आधा दर्जनभन्दा बढीलाई कृत्रिम खुट्टा सहयोग गरेका छन् । उपचार खर्च व्यहोर्न नसकी अस्पतालको बेडमा थलिएकादेखि, जटिल रोग लागेर उपचार गर्न नसही जीवन मरणको अवस्थाबाट गुज्रिएकाहरुलाई बानियाँले व्यक्तिगत आर्थिक सहयाोग गर्ने गरेका छन् । 
बानियाँले आगामी दिनमा सबै स्थानीय तहमा एम्बुलेन्स सेवा पुर्याउने, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने योजना रहेको बताए । ‘विरामीले समयमै उपचार पाउनुपर्छ, उपचार अभावमा कोही पनि मर्नु हुन्न, यो नारामा मात्रै सिमित हुँदैन । हामी गरेर देखाउँछौँ ।’
निर्वाचनमा समयमा उम्मेदवारहरुले विभिन्न योजना अघि सार्ने गरेका छन्, निर्वाचन सकिएपछि ती योजनाहरु अलपत्र हुन्छन्, तर बानियाँले निर्वाचनका बेला सार्वजनिक गरेका योजनाहरु पालैपालो पूरा गर्दै आएको देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार