१९ कार्तिक, हेटौंडा । यतिबेला मकवानपुरको १० वटै स्थानीय तहमा चुनावको सरगर्मी छाएको छ। जिल्लाको अन्य क्षेत्रसँगै हेटौंडा आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन तातेको छ ।
विभिन्न राजनैतिक दलका उम्मेदवारलाई मतदाताहरुसँग भोट माग्न र घरदैलौ गर्न भ्याईनभ्याई छ। निर्वाचन आयोगको आचार संहितले गर्दा यस पटकको निर्वाचन भने कम भड्किलो छ।
मकवानपुरको हेटौंडा बागमती प्रदेशको सदरमुकाम पनि हो । प्रतिनिधिसभा अन्तर्गत मकवानपुरका दुई वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभाका क्षेत्रका उम्मेदवार मतदाताको घरघर केन्द्रीत छन् ।
यसै क्रममा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र प्रदेशसभा १(ख) का उम्मेदवार आनन्दराम पराजुली बिहान देखी मतदातको घर घर पुगेर मतदाताको आशीर्वाद र समस्या बुझ्न लागि परेका छन् ।
बिहान देखि अबेर राति सम्म डिना र पराजुली मतदातासँगै रहन्छन ।
मतदाताको समस्या सुन्छन् र निर्वाचित भएपछि त्यस्ता समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छन। शनिबार बिहान संघ तर्फका उम्मेदवार डिना प्रदेशसभाका उम्मेदवार पराजुली हेटौंडा-४ कर्राका विभिन्न टोल टोलमा पुगे । उम्मेदवारको गुनासो र समस्यालाई डिना र पराजुलीले सहर्ष स्वीकार्दै भने तपाईँको मतको कदर गर्छौ र समस्या हल गर्छौ ।
हेटौंडा-४ का मतदाताले दुवै उम्मेदवारलाई फुलमाला र खादाले स्वागत गरे र विजयी हुन शुभकामना दिए। डिना र पराजुली लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसबाट सिफारिस भएका प्रत्यक्ष तर्फका उम्मेदवार हुन।
महिला अगुवा तथा शैक्षिक व्यक्तित्व डिना संविधानसभा सदस्य पनि हुन, उनी साहसिक महिलाको रुपमा छुटै छवि बनाउन सफल छिन भने पराजुली युवा र जेष्ठ नागरिक माझ निकै लोकप्रिय मानिन्छन ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















