Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चेपाङको छोरो मन्त्री हुन पाउने व्यवस्था मास्दैछन् ओली’: इन्द्र बानियाँ

313878214_848658199599896-1667652204.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले लामो त्याग र बलिदानमार्फत प्राप्त वर्तमान व्यवस्थालाई नै मास्नको लागि नेकपा एमाले उद्दत भएको आरोप लगाएका छन् । 
मकवानपुरको राक्सिराङ ६ स्थित सिलिङ्गेमा शनिबार भएको गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै बानियाँले पछाडि परेका समुदायका व्यक्तिहरुलाई समेत सत्ताको नेतृत्वको अवसर दिने वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थामाथि नै ओलीले प्रहार गरेकाले अब एमालेलाई जिताउन नहुने धारणा राखे । ‘अहिलेको व्यवस्था भनेको १० वर्षे युद्ध र १९ दिने जनआन्दोलनमार्फत ठूलो संघर्ष गरेर प्राप्त गरेको व्यवस्था हो । यही व्यवस्थाले मकवानपुरको चेपाङको छोरो पहिलो पटक प्रदेशको मन्त्री बनेको छ ।’ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको उदाहरण दिँदै बानियाँले भने–‘चेपाङको छोरो पनि मन्त्री हुन पाउने वर्तमान व्यवस्थालाई नै मास्न लागिरहेका छन् ओली । अब उनीहरुलाई जिताउनुको कुनै औचित्य छैन ।’
सन्त चेपाङ मन्त्री बनेपछि राक्सिराङमा चेपाङ÷तामाङ समुदायका विकास निर्माणका लागि प्रसस्त बजेट विनियोजन भएको उनले बताए । विपन्न चेपाङ÷तामाङ समुदायको घर बनाउने अब बन्ने लोकतान्त्रिक गठबन्धन सरकारको योजना रहेको पनि बानियाँले सुनाए  ।  ‘गणतन्त्र ल्याउन माओवादी कांग्रेस सडकमा आन्दोलन गरिरहँदा मान्छे मार्ने कमल थापालाई सुर्य चिन्ह दिएर चुनाव उठाएको छ, राजतन्त्रको मुद्दा उठाउने राजेन्द्र लिङ्देल, देश टुक्र्याउन खोज्ने सिके राउत बोकेर हिँडिरहेको छ । यस्तो पार्टीले विकास गर्ला भन्ने सोच्नै पर्दैन ।’ बानियाँले भने । 
४ वर्ष कम्युनिष्ट नेतृत्वको ओली प्रधानमन्त्री र प्रदेशमा डोरमणि पौडेल मूख्यमन्त्री हुँदा यस क्षेत्रमा बजेट हाल्न नसकेको, गठबन्धनको नेतृत्वमा १० महिने सरकार हुँदा करोडौं बजेट हाल्न सफल भएको बानियाँले बताए । गठबन्धनको प्रदेश सरकारले चालु वर्ष राक्सिराङ गाउँपालिकामा मात्रै ३४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको उनले बताए ।
गाँजा ओसारपसारका कारण सयौ गरिबका छोराछोरी जेल गएको भन्दै उनले गाँजालाई औषधिको रुपमा प्रयोग गर्नेगरी बैधानिक बनाउने तयारी भएको र त्यसपछि गाँजाको कारण जेल परेकाहरु सबैले छुटकारा पाउने पनि विश्वास दिलाए । 
    निर्वाचन प्रचारप्रसार समिति संयोजक रावनलाल चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक तथा पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ओम घलान, नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव विष्णुप्रसाद दाहाल, कांग्रेस मकवानपुर २ का संघीय सभापति लोकबहादुर मुक्तान, ेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, राजकुमार चेपाङ, अक्कलबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार