Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा मतदान शिक्षा दिइदै

FB_IMG_1667630792900-1667652982.jpg

मतदाता शिक्षा दिदै महिला स्वास्थ्य स्वयंसेविका

१९ कार्तिक,हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । 

मतदाता शिक्षा अन्तर्गत मकवानपुरको १० वटा स्थानीय तहको १ सय २ वटै वडामा वडा तहका कर्मचारीलाई खटाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। 

बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले सम्बन्धित स्थानीय तह र वडा कार्यालयको समन्वयमा  स्वास्थ्य स्वयम्सेविकाहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेबारे आम मतदातालाई जानकारी दिने बताए।आसन्न संघ र प्रदेश सदस्य निर्वाचनमा ४ प्रकारको मतपत्र रहने हुदा त्यस बारे मतदातालाई खटिएका प्रतिनिधिले बुझाउने पोखरेलले बताए।आइतबार बागमती गाउँपालिका र बकैया गाउँपालिकामा मतदाताहरुलाई नमुना मतदान गर्न सिकाउने उनले भने । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ३ सय ६४ मतदान केन्द्र रहेको छ । जसमा १९ वटा अति संवेदनशील र ६० संवेदशील मतदान केन्द्र छन् । ३ सय ६४ मतदान केन्द्रमा करिब ३ हजार कर्मचारी खटिनेछन् ।जिल्लाका मतदान केन्द्रहरुमा खटिने कर्मचारी कार्तिक २३ गते बुधबारसम्म नियुक्त गरिने जनाइएको छ। मकवानपुरमा अहिले ३ लाख ७ सय ३३ मतदाता रहेका छन् ।मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ जना र मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ५ सय ७८ मतदाता रहेका छन् । यस्तै ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार