Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनको सरकार बने तेब्बर बजेटः मोक्तान

Kumari-Moktan-1667738708.jpg

२० कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकामा अहिलेभन्दा तेब्बर बजेट ल्याउँने दावी गरेकी छन् ।
भीमफेदी गाउँपालिका ९ मा लोकतान्त्रिक बाम गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गरेपछि मोक्तानले गठबन्धनले बोलेको पुरा गरेर बिकास गर्नेमा ढुक्क हुन आग्रह गरिन् ।
‘हामी (प्रदेश सरकार)ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘अब फेरी हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ 
लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उनको दाबी छ ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापती एवं मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ को प्रदेशसभा उम्मेदवार ईन्द्र बानियाँले ‘हावादारी’ केपी ओलीले गणतन्त्र नचाहेको र संविधानको समेत बिरोध गरेका कारण माओवादी–काँग्रेस एकजुट भएको बताए । ‘हामी अहिले गणतन्त्रलाई संस्थागत विकास गर्नेमा छौ, केपी ओली तोड्नेमा छन्, त्यसैले जनताले गठबन्धनलाई जिताउँनुपर्छ,’ उनले भन्नुभयो । गठबन्धनमा आबद्ध भएकाले काँग्रेसले पनि माओवादीलाई भोट हाल्नैपर्ने भन्दै यो बेला पार्टी र चुनाव चिन्ह भन्दा गणतन्त्र र संविधान जोगाउँन सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गरिन । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईहरु ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उनले भनिन् ।
मकवानपुरकै मुख्यमन्त्री भएरपनि एमालेका डोरमणि पौडेलले ३ बर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले जितेमा विकास र आर्थिक समृद्धीका लागि भुमिका खेल्ने दावी गरिन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार