Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चालीस करोडको सडक टेण्डर हुँदै

1521114211-1667782917.jpg

google

२१ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरबाट पश्चिम मकवानपुर हुँदै धादिङ जोड्ने अर्को सडक पनि मकवानपुरमा थपिने भएको छ । 
सांसद विरोध खतिवडाको पहलमा संसद विकास कोष अन्तर्गतको रकमले उत्तरी मकवानपुर र पश्चिम मकवानपुरका बासिन्दालाई थप राहत हुने गरी सडक निर्माणको काम अघि बढ्न लागेको हो । यसका लागि यही साता टेण्डर गर्ने सडक विभागको तयारी छ ।
थाहा नगरपालिकाको वडा नम्बर ७ बाट कैलाश गाउँपालिकाको गोगने, पकनी, सानो डाँडाखर्क हुँदै धादिङ जोड्ने गरी सडकको टेण्डर गर्न लागिएको सडक विभागले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आउनासाथ डिपिआर सकिएकाले टेण्डर हुने विभागको भनाइ छ । कैलाशबाट धादिङको आमदघाट, मलेखु जोड्ने सडकहरुमा यो सडक पनि जोडिने भएको छ । 
यो सडक बनेपछि थाहाको डाँडाबासबाट धादिङ र पश्चिम मकवानपुरको मनहरी आउजाउका लागि पनि सहज हुने भएको छ । यस्तै, मनहरीबाट खैराङ हुँदै आदमघाट जोडिने सडकका लागि ९८ करोडको सडक प्रस्तावित भएर काम भइसकेको छ । 
‘३ वर्षअघिको योजना थियो, मनहरी आदमघाट सडकको योजना अघि बढ्दा पुरानो योजना पनि कार्यान्वयन हुने खबर पाएँ,’ पूर्वमन्त्री विरोध खतिवडाले भने, ‘यही साता टेण्डर भएर काम अघि बढ्दा उत्तरी मकवानपुर र पश्चिम मकवानपुरमा सडक सञ्जाल विस्तार भएर त्यहाँका वासिन्दालाई थप राहत पुग्ने छ ।’
सडक विस्तारपछि विकट र दूरदराज भनिएका बस्तीको उत्पादन सहजसँग पालुङ, मनहरी, धादिङ र काठमाडौंसम्म लैजान थप मदत मिल्ने थाहा नगरपालिकाका पूर्वप्रमुख लवशेर विष्टले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार