Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

*हेटौंडाका मतदातासँग डिना र आनन्दको भेट

FB_IMG_1667819305371-1667820108.jpg

२१ कार्तिक,हेटौंडा। मंसिर ४ गते हुने निर्वाचनको माहौल विस्तारै तातिँदो छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा युवा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र आनन्दराम पराजुली पनि दैनिक घरदैलोमा व्यस्त रहेका छन् । उनी हरेक दिन बिहान देखी साँझ अबेरसम्म हेटौंडाका विभिन्न वडाका मतदानसंग रहन्छन् ।

सोमबार पनि उपाध्याय र पराजुलीले हेटौंडा ४ र ७  का विभिन्न टोलमा पुगेर मतदाताहरुसंग छलफल र परामर्श गर्दै मत मागेका छन् । मत माग्ने क्रममा दुवैजनाले यस पटकको आफ्नो एजेन्डा विपक्षीले अधुरो छोडेको कामलाई पूरा गर्ने र मतदातासंगको प्रतिवद्धतालाई कुराले भन्दा काम गरेर पूरा गर्ने भएको बताएका छन् । घरदैलोमा डिनाले महिला सवालका विशेष र मकवानपुरको समग्र विकासको क्षेत्रमा आफ्नो संकल्प रहेको बताएकी छिन् । त्यसैगरी उपाध्याय र पराजुली घरदैलोमा पुग्दा मतदाता उत्साही हँुदै दुवैजनालाई मत दिने बताएका थिए । हेटौंडा–७ की कृष्णदेवी बर्तौलाले खुलेरै धेरै पटक कम्युनिष्टलाई भोट दिएर जिताएको तर फर्केर नआएको गुनासो गर्दै यस पटक संघमा डिनालाई र प्रदेशमा आनन्दरामलाई मतदान गर्ने सुनाइन् । उनले घरदैलोका क्रममा डिना र पराजुलीलाई चुनाव जितेर नहराउन, निरन्तर जनताको घरदैलोमा आउन र जनताको सुखदुःखमा साथै रहन अनुरोध गरिन् । हेटौंडा–४ का ९८ बर्षीय एक ज्येष्ठ नागरिकले यस पटक डिना र आनन्दरामलाई जिताउन अनुरोध गरे । मतदाताको उत्साहको कदर गर्दै पराजुलीले बोलेको कुरा पूरा गर्न पछि नहट्ने भन्दै मतदातालाई ढुक्क हुन भने । डिना पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुदै संविधानसभा सदस्य समेत रहेर संविधान जारी गर्न उल्लेख्य भुमिका निर्वाह गरेकी थिइन् । अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित पराजुली त्यसयता निरन्तर जनताको सुखदुःमा साथै रहेका छन्

* शीर्षक सच्चाइएको छ-सम्पादक।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार