२१कार्तिक,हेटौंडा । महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुरे माझ मात्र नभई देेशभरिमै नै परिचित एक हिम्मतवाली नाम हो भन्दा फरक पर्दैन । प्रायः महिलाहरु प्रत्यक्ष तर्फ उम्मेदवार हुन नखोज्ने, समानुपातिक नै रोज्ने गर्दछन् ।उनले यो पटक समानुपातिकतर्फ पहिलो नम्बरमा सिफारिस भएको आफ्नो नाम समेत त्यागिन् । मकवानपुरलाई भूगोल बनाएर देशकै राजनीतिमा सक्रिय उनी यसअघि पनि पटक पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिएकी थिइन् । यद्यपी जित भने निकाल्न सकेकी छैनन् । यो पटक पनि उनले फेरि प्रत्यक्षमै उम्मेदवार बनेर चुनावी अभियानमा होमिएकी छिन् । यस अर्थमा पनि उनलाई हिम्मतवाली भन्दा फरक पर्दैन । डिनालाई हिम्मतवाली भन्ने धेरै आधारहरु छन् । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको ४ महिलामध्ये उनी एक हुन । सहजै समानुपातिकबाट सांसद हुने निश्चित भएपनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले उनको हिम्मत स्वाभाविक छ । अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी उनी नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा जेल समेत परेकी थिइन् । गिरिजाप्रसाद कोइराला, नोना कोइराला, सुशील कोइराला शैलजाहरुसगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना, संविधान निर्माणसंगै महिला, आदिवासी जनजाती र दलितहरुको क्षेत्रमा काम गरेकी छिन् । डिना मकवानपुरमा पहिलोपटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता समेत हुन । यसकारण पनि उनी हिम्मतवाली हुन् भन्दा फरक पर्दैन । उनले प्रौढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको थिइन् । पहिलो गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति पनि हुन । महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डिनाले आफै पैसा उठाएर गाउँमा शिक्षक पाउन मुस्किल रहेका बेला बजारबाट शिक्षक पठाएर पनि कार्यक्रमलाई निरन्तरता दिएकी थिइन् । वि सं २०४८ सालदेखि मकवानपुरको चुनावी मैदानमा अग्रसर भई परिचित बनेकी डिना कांग्रेसको सहमहामन्त्री पदमा रहेकी छिन् । उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाटै राजनीति सुरु गरेकी हुन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित उनी २०४६ को आन्दोलनपश्चात निरन्तर सक्रिय राजनीतिमा छिन् । २०४७ सालमा नेपाली काँग्रेसको नेपाल महिला संघको मकवानपुर जिल्ला सभापति, २०४९ मा महासमिति सदस्य बनिन् । १५ वर्षभन्दा बढी कांग्रेसको केन्द्रीय सदस्य रहेकी उनी २०७८ मा सम्पन्न पार्टीको महाधिवेशनबाट सहमहामन्त्री चुनिएकी हुन । पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी उनले २०६४ सालमा जलस्रोत राज्यमन्त्रीका रुपमा समेत कार्यभार सम्हाल्ने अवसर प्राप्त गरिन् । २०५९ मै राष्ट्रिय महिला आयोगको सदस्य बनिसकेकी उनी महिलाहरु शिक्षा, स्वास्थ्य र रोजगारमा सक्षम हुनुपर्ने विचार राख्छिन् । राजनीति संगसंगै सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । खासगरी महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशिल डीना दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको संस्थापक अध्यक्ष पनि हुन । मकवानपुरमै जन्मे हुर्केकी उपाध्याय जिल्लाको भूगोल, सामाजिक परिवेशलाई नजिकबाट चिनेको र यहाँको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने आफूलाई राम्रो जानकारी रहेको बताउँदै आएकी छिन् । मंसिर ४ गतेको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार रहेकी उनलाई कांग्रेससंगै नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा लगायतको दलको साथ छ । जित सुनिश्चित भएपनि मतान्तर बढाउनका लागि विभिन्न अभियानमा लागिपरेको उनको भनाईछ । उनले सबै क्षेत्रलाई समेटेर आफ्नो संकल्प समेत सार्वजनिक गरिसकेकी छिन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















