Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कृषि र सहकारीको संस्थागत विकासमा बानियाँ

Screenshot_20221107-17255-1667821328.jpg

२१ कार्तिक, हेटौंडा । नेपालको संविधानमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत आर्थिक वृद्धि र दीगो आर्थिक विकास गर्ने कुरा उल्लेख छ । संविधानको यही मर्मलाई आत्मसात गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले सहकारी क्षेत्रको संस्थागत विकासमा ध्यान पु¥याएका छन् । 
चौतर्फी विकासमा नजर पु¥याउने नेताको रुपमा परिचित नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले आफू प्रदेश एवम् प्रतिनिधिसभा सांसद हुँदा ‘सांसद विकास कोष’ मार्फत साना सहकारीहरुको संरचनाको विकासमा बजेट विनियोजन गरी काम गराएका छन् । जसका कारण साना किसान तथा निम्न आय भएकाहरुलाई आय आर्जनमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुगेको छ ।
बानियाँको सांसद विकास कोषबाट विनियोजित बजेटबाट मकवानपुरको मनहरी–९ रजैयामा जनकल्याण कृषि समूहको पक्की भवन निर्माण भएको छ । वडा कार्यालयको दुइ लाख बजेट थप गरी कृषक समूहको साझा भवन बनेपछि रजैयाका कृषकहरु भेला भई कृषि क्षेत्रका समस्याबारे छलफल र सहयोग परिचालनका लागि सहज भएको समूहका अध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए ।
‘भवन निर्माणपछि सार्वजनिक विकास एवम् सामाजिक हितको काममा टेवा पुगेको छ । रजैयाबासीको लागि यो भवन साझा सम्पति बनेको छ । भवनबाट समूहका विभिन्न गतिविधि गर्न र अन्य संघसंस्थाको पनि बैठक भेलाहरु राख्न सहज भएको छ ।’ अध्यक्ष अधिकारीले भने । 
बानियाँकै सहयोगबाट मनहरी–१ चकरीमा रहेको शान्ति स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाको भवनको तला थपिएको छ । न्यून आय भएकाहरुलाई लक्षित गरी बचत संकलन तथा ऋण प्रवाह गर्दै आएको सहकारीको कार्यालय अपुग भई सेवा प्रवाहमा असहज भएको जानकारी पाएपछि बानियाँले सांसद विकास कोषको १० लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए । प्राप्त रकमबाट भवनको तला थपिएको र अब कम्प्युटर प्रणाली जडान गरी थप प्रभावकारी ढंगले सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । 
‘सहकारीको संरचना अधुरो थियो । ईन्द्र दाइलाई सहकारीको साधारणसभामा निमन्त्रणा गरेका थियौं । त्यहीँ समस्या जानकारी गरायौं । उहाँले माथिल्लो तला थप गरिदिने बचन दिनुभयो । उहाँले बोलेको पूरा गरिदिनुभयो ।’ अध्यक्ष अधिकारीले भने । सहकारीमा ४ सय शेयर सदस्य रहेका छन् ।
हेटौंडा–६ चुच्चेखोलास्थित कामधेनु बहुद्देश्यीय सहकारी संस्था लिमिटेड अहिले सुविधा सम्पन्न भवनमा संचालन हुनुमा पनि नेता ईन्द्रबहादुर बानियाँको योगदान जोडिएको छ । संस्थाको भवन निर्माणका लागि बानियाँले निर्माण सामग्रीका साथै आर्थिक सहयोगसमेत गरेका थिए । भवन निर्माणका लागि ढुंगा, सिमेन्ट, रड लगायतका सामग्री सहयोग गरेका बानियाँले गठबन्धनको सरकार बनेपछि गत वर्ष सामुदायिक सभाहल निर्माण गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिदिए । बजेटबाट गत आर्थिक वर्षमा सभाहल निर्माण सम्पन्न भएपछि संस्थाको कार्यालय सञ्चालन र सभा, गोष्ठी र सहकारी तालिम संचालनमा सहजता भएको संस्थाका निवर्तमान अध्यक्ष गौरवकुमार पराजुलीले जानकारी दिए । 
६ सय शेयर सदस्य रहेको संस्थामा आवद्ध महिलाहरुले आफ्नै भवनमा खादा, व्याग बनाई आयआर्जन गरिरहेका छन् । ‘ईन्द्र दाइले हाम्रो सहकारीलाई व्यक्तिगत र संस्थागत रुपमा ठूलो सहयोग गर्नुभएको छ । उहाँको सहयोगप्रति यस सहकारीका सदस्यहरु आभारी भएका छौं ।’ निवर्तमान अध्यक्ष पराजुलीले बताए । 
छरिएर रहेका पुँजीको परिचालन तथा आय आर्जनमा सहयोग गरिरहेको सहकारीको संरचना निर्माणमा बानियाँबाट महत्वपूर्ण सहयोग भएको भन्दै संस्थाका अध्यक्ष उदय विडारीले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए । बानियाँले अन्य सहकारी संस्थाहरुमा आवद्ध महिलाहरुका लागि पनि निरन्तर सहयोग गर्दै आएका छन् ।
मकवानपुरको सहकारी अभियानमा निरन्तर सहयोग गर्दै आएका बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार रहेका छन् । उनी यसअघि २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बानियाँ आफू सधैं जनताको सेवामा क्रियाशील रहेकाले जनताले निर्वाचित गराउनेमा आफू विश्वस्त देखिन्छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार