२२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाल प्रेस युनियन मकवापनुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनवापछि बन्ने सबभन्दा ठूलो पार्टीको नेताको हैसितले देउवा प्रधानमन्त्री बन्ने दावी गरे ।
प्रत्यक्ष तर्फको १६५ सिटमध्ये ९१ सिटमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले अधिकांस स्थानमा जित हातपार्ने प्रवक्ता महतको दावी छ । उनले स्वभाविक रुपमा सबभन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीमा दावी गर्न पाउँने भएकाले देउवा नै आगामी सरकारको प्रधानमन्त्री बन्ने ठोकुवा गरे ।
उनले गठबन्धन दलहरुको बैठकमा सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बारेमा छलफल भने नभएको स्पष्ट पारे । प्रवक्ता महतले फुटाउँने भन्दा पनि जुटाउँने नेतृत्व आजको आवस्यकता भएकाले सभापति देउवाले सबैलाई मिलाएर लानसक्ने बताए । उनले माओवादी केन्द्र र समाजवादीलाई समेत सँगसँगै लिएर हिडेको स्मरण गराउँदै देउवाले मात्रै सबैलाई एकैठाउँमा मिलाएर लान सक्ने दावी गरे ।
प्रवक्ता महतले गठबन्धन कसैको विरुद्धमा तत्कालिन केपी शर्मा ओलीले सिध्याउन खोजेको व्यवस्था र संविधानको लागी बनेको स्मरण गराउँदै गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर जिताउन आग्रह गरे । गठबन्धनका उम्मेदवारहरुले जितेमात्रै व्यवस्था र संविधानको रक्षा हुने र देशले विकासको गति लिने उल्लेख गरे ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, मकवानपुरका पार्टी सभापती बुद्ध लामा, सचिव भिमसेन महत, प्रवक्ता अर्जुन चौलगाई लगाएत नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















