Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनको जीत सुनिश्चित छ, मत बदर नगरौं: बानियाँ

Screenshot_20221108-15361-1667901410.jpg

२२ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका ईन्द्रबहादुर बानियाँले सबैले मतदान प्रक्रियामा सहभागी हुनुपूर्व मतदाता शिक्षा लिनु आवश्यक रहेको बताएका छन् । 
मनहरी– ७ रमौली प्रतापपुरमा मंगलबार गठबन्धनले आयोजना गरेको घरदैलो कार्यक्रममा  बानियाँले मत बदर नहोस् भन्नका लागि सबै मतदातालाई मतदाता शिक्षा दिन आवश्यक रहेको बताए ।
 ‘हामी गठबन्धनमा छौँ । मलाई भोट दिन रुख चिन्हमा मतदान गर्नुपर्छ, संघीय उम्मेदवार विरोध खतिवडालाई मत दिन कलम चिन्हमा मत दिनुपर्ने हुन्छ । कोही पनि भ्रममा नपरौँ, कसरी मतदान गर्ने भन्ने विषयमा सबैले सिकौँ । समानुपातिक र प्रत्यक्ष गरी ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ ।’ उनले भने । 
नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दा क्षेत्र नम्वर-२ को विकासमा उपेक्षा गरेको भन्दै गठबन्धनको सरकारले १० महिनाको अवधिमा पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, शिक्षा, स्वास्थ्य, रोजगारसँगै जनताको आधारभूत आवश्यकता पूरा गर्ने सन्दर्भमा थुप्रै काम गरेको बानियाँले उल्लेख गरे ।  
एमाले नेतृत्वमा रहँदा भ्रष्टाचारमामा मात्रै केन्द्रित भएको र पटक–पटक संविधान र व्यवस्था नै मिच्ने प्रयास गरेको भन्दै उनले यो निर्वाचबाट प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता राजाराम स्याङ्तान, संविधानसभा सदस्य गोविन्दराम चेपाङलगायत गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार