२२ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएकाहरुले यतिबेला चुनावी सभा तथा घरदैलोलाई तीव्रता दिइरहेका छन् । निर्वाचन नजिकिएसँगै कुन उम्मेदवारले जित्छन् भन्नेबारे अड्कलबाजी समेत हुन थालेको छ । यसक्रममा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतलाईसमेत आधार बनाई विश्लेषण भइरहेको छ ।
दुईवटा प्र्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्र्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर २ को (ख) मा अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको बनेको छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्र्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको हो । २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्या्तानलाई नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले निर्वाचनमा पराजित गरेका थिए । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए ।
अघिल्लो चुनावमा नेकपाको उम्मेदवारलाई एक्लै पराजित गरेका बानियाँलाई यो पटक माओवादी र एमालेबाट फुटेर बनेको समाजवादीको पनि साथ थपिएको छ । जसले उनलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ । यही तथ्यांक र यो अवधीमा उनले गरेको विकासको कामलाई आधार बनाएर बानियाँको सहज जित हुने विश्लेषण सर्वसाधारणमा हुने गरेको छ । २०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाए । यो निर्वाचनमा बानियाँसँग प्रतिष्पर्धाको लागि नेकपा एमालेले लालबहादुर थापालाई मैदानमा उतारेको छ भने यसअघि बानियाँसंग पराजित स्याङ्तानको साथ पनि बानियाँलाई थपिएको छ । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्दछ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७÷७ वटा वडामा विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्र्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।
स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । यसरी हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि छ । आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको मत पनि जोडिनेछ । २०७४ सालको निर्वाचन र अहिलेको स्थानीय तहको अंक गणित अनुसार पनि आसन्न निर्वाचनमा बानियाँ अघि देखिन्छन् । तर मंसिर ४ मा मतदाताले गर्ने मतदान निर्णायक हुनेछ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















