Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

डिना र छिन्तुले भने: युवाको अधिकार स्वदेशमै रोजगार, समृद्धिका लागि गठबन्धन

Dina-chhintu-1667921409.jpg

२२, कार्तिक, हेटौंडा  । युवालाई स्वदेशमै रोजगार सुनिश्चितताको योजनासहित आफूले सत्तारुढ गठबन्धनकोतर्फबाट उम्मेदवारी दिएको प्रतिनीधिसभा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले बताएकी छन् । मंगलबार हेटौंडा–१८ मा भएको चुनावी सभामा उनले सो कुरा बताएकी हुन् । 

हाल हरेक दिन आफ्नो परिवार छोडेर बेदेशिनेको पीडा आफूले नजिकबाट महशुस गरेको उल्लेख गर्दै उनले स्वदेशमा युवाहरुलाई रोजगार शिर्जना गर्ने योजनासहित आफू प्रत्यक्ष निर्वाचनमा होमिएको बताइन् । 

देशमा व्यवस्था परिवर्तनका क्रममा भएका हरेक आन्दोलन दबाउने, परिवर्तनकारी शक्तिलाई गोली हान्ने आदेश दिने व्यक्ति अहिले आफ्नो प्रतिष्पर्धी रहेको उल्लेख गर्दै उनले अफ्ना प्रतिष्पर्धीलाई सहज रुपमा पराजित गर्न आफू सक्षम रहेको उपाध्यायले दावी गरिन् । यसअघि आफू जलस्रोत राज्यमन्त्री हुँदा मकवानपुरको औद्योगिक क्षेत्रमा विद्युतको धेरै समस्यालाई निराकरण गरेको बताउँदै उनले अब यस क्षेत्रबाट निर्वाचित भएर मकवानपुरको भौतिक विकास, महिला, ज्येष्ठ नागरिक, बालबालिकाकोलागि महत्वपूण कार्यहरु गरिने उल्लेख गरिन् । अरु पार्टीबाट महिला उम्मेदवारसम्म नरहेको बताउँदै उनले भने – “सत्तारुढ गठबन्धनबाट मलाई प्रत्यक्ष निर्वाचनमा लड्ने अवसर प्राप्त भएको छ, आफ्नो अधिकार सुनिश्चितताकालागि सबै महिला दिदीबहिनीहरुले मलाई मत दिनुहोला” । 

त्यसैगरी सभालाई सम्बोधन गर्दै मकवानपुर १ (क) प्रदेश सभाका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धीसहितको संविधानको रक्षा गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी लिनकालागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।आफू सांसद रहँदा मकवानपुरमा थुप्रै विकास निर्माणका कार्यहरुको थालनी गरिएको बताउँदै सो योजनाहरुलाई सफल रुपमा सम्पन्न गर्न पनि आफ्नो विजय आवश्यक रहेको उनले दावी गरे । दुई तिहाई शक्तिलाई विग्रह गर्ने, संसद भंग गर्ने, संविधान मास्न खोज्ने शक्तिलाई जनताले चिनिसकेकाले सत्तारुढ गठबन्धनको विजय सुनिश्चित रहेको उम्मेदवार छिन्तुले दावी गरे । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा उक्त चुनावीसभा सम्पन्न भएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार