२२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीको राजावादीहरुसँग साँठगाँठ रहेको दावी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग आफूहरु स्वतन्त्र हौं भन्ने रवि लामिछानेको ‘घाँटी जोडिएको’ बानियाँले बताए ।
सोमबार मनहरी गाउँपालिकाको ३ र ४ नम्बर वडाको गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै बानियाँले भने–‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ, त्यो पार्टीले संघीय ब्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी दिएन, कांग्रेस हुँ भन्दै अरु नै चिन्ह लिएर उठ्नेहरुसँग भ्रममा नपर्नुहोला ।’
देशको व्यवस्था बदलिएको भन्दै अब जनताको अवस्था बदल्न लाग्नुपर्ने धारणा राखे । अब जनताको अवस्था बदल्न लोकतान्त्रिक बाम गठबन्धनले भूमिका खेल्ने बानियाँले बताए । ओलीको व्यक्तिगत लहडमा परेर संसद विघटन गर्ने र व्यवस्था नै मास्ने काममा लागेपछि केपी ओली ‘बार्दली’मा पुगेको बानियाँको भनाइ थियो । एमाले नीति, नियत र नेता ठिक नभएको नक्कली कम्युनिष्ट भएको भन्दै अबको चुनावमा जनताले गठबन्धनको पक्षमा भारी मत प्रदान गर्ने बानियाँले विश्वास व्यक्त गरे ।
‘केपी ओली नेतृत्वको एमालेलाई देशबाटै परास्त गरेर जनताको अवस्था परिवर्तन गर्न यो लोकतान्त्रिक बाम गठबन्धन लागि पर्नेछ, यो गठबन्धन जे बोल्छ, त्यो गरेरै छाड्छ, गरिब, दीन दुःखीको अवस्था परिवर्तन गर्न नै यो क्षेत्रमा दोस्रोपटक आएको हुँ ।’ बानियाँले भने–‘पहिलोपटक यो क्षेत्रमा निर्वाचित भएपछि धेरै बोलेको पूरा गरेको छु, ४ वर्ष संघ र प्रदेश सरकारमा एमाले हुँदा यस भेगका गरिब विपन्न जनतालाई केही सहयोग नगरेपछि व्यक्तिगत रुपमा नै जाडोमा न्यानो कपडा, कोरोना क्रममा खाद्यान्नसमेत वितरण गरेको कुरा जगजाहेर छ ।’
नेपाली कांग्रेस मनहरी ४ का सभापति आइतराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी बागमती प्रदेश कमिटी सदस्य ओम घलान, कांग्रेस महासमिति सदस्य उमा दाहाल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी अध्यक्ष सञ्जिव पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















