२३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस (बीपी) मकवानपुरबाट समानुपातिक सूचीमा रहेका तीन जना उम्मेदवार नेपाली कांग्रेसमा फर्किएका छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ प्रदेशसभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै नेपाली कांग्रेसमा फर्किएका हुन् ।
बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनीहरुले अब नेपाल कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने जनाएका छन् ।
उनीहरुले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धीहरु गुम्न सक्ने र व्यवस्था विरोधीहरुलाई नै बल पुग्ने खतरा देखेपछि प्राविधिक रुपमा नमिले पनि राजनीतिक रुपमा उम्मेदवारी स्थगन गरेको उनीहरुले प्रष्ट पारे ।
अबको अभियान गठबन्धनबाट प्रत्यक्ष तर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई विजयी गराउने र यसका लागि आफ्ना समर्थक, शुभचिन्तक एवम् सबै मतदातालाइ अपिलसमेत गरेका छन् ।
पत्रकार सम्मेलनमा बानियाँले बल, घलान र लामा सो क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनीहरुको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताए । बानियाँले उनीहरुलाई कांग्रेसमा पुनः स्वागत गर्दै सम्मानजनक अवसर दिइने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, संघीय सभापति लोक मुक्तानल, नेताहरू प्रकाश वर्तौला, टेकनाथ शिवाकोटी लगायत कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















