Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रदेशसभा १ (ख) को अंक गणितमा गठबन्धनका आनन्दराम अगाडि

GridArt_20221108_22354162-1667987475.jpg

२३ कार्तिक, हेटौंडा । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको पक्षमा अडकलवाजि र अंकगणित सुरु भइसकेको छ । 

पार्टीका नेता कार्यकर्ता गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई जोड घटाउ गरेर हार जितको वकालत गर्न थालिएको छ । दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा रहेको मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ र क्षेत्र नम्बर २ मा एक लाख ५० हजार ५ सय ७७ मतदाता रहेका छन् । 

यता मकवानपुरको क्षेत्र नम्बर १ को (ख) मा अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको हो । स्थानीय तह निर्वाचन–२०७९ मा  ४२ हजार मत खसेको यस क्षेत्रको वडामा यस पटक ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ गरी १२ वटा वडा पर्दछन् । 

प्रदेश सभा क्षेत्र नम्बर १ को (ख)मा नेपाली कांग्रेसका तर्फबाट आनन्तराम पराजुली, एमालेबाट जिल्ला अध्यक्ष एकलाल श्रेष्ट र राप्रपाका गुञ्जबहादुर न्यौपाने चुनावी मैदानमा छन् भने केहि साना दल र स्वतन्त्र उम्मेदवाहरु पनि यहाँ चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि विगतको निर्वाचना र स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस चुनावी क्षेत्रमा कांग्रेस, एमाले र राप्रपाबीच त्रिपक्षिय भिडन्त हुने पक्का छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) बिच समिकरण भएर सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा  वडा अध्यक्षमा कांग्रेस, १ वटा वडा नेकपा (एस ) र १ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।  यस्तै वडा नम्बर ४, ५, १०, १३, १४ र १५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।६ वटा वडा कांग्रेस सहित गठबन्धन र ६ वटा वडा एमाले एक्लैले जितेको छ तर गठबन्धनको मतान्तर बढी रहेको र राप्रपा पनि एकल चुनावी मैदानमा रहेकोले उसलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ । 

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडाको नगर प्रमुखमा पराजुली झिनो मतान्तरले पराजित बनेका थिए । एमालेका मेयरका उम्मेदवार हरि बहादुर महतले तेइस हजार एकसय २४ मत प्राप्त गर्दा पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए । अहिलेका उम्मेदवारहरुमध्ये पराजुली विशेष चर्चामा छन् । उनी विगतको स्थानीय तह निर्वाचनमा हेटौंडाको प्रमुखमा झिनो मतान्तरले पराजित भएकाले उनीप्रति धेरैको साहनुभूति देखिन्छ । 

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १२ वटा वडा मध्य ४ वटा  नेपाली कांग्रेसले १।१ वडामा नेकपा (एस) र माओवादी केन्द्रले जित हात पारेको थियो  भने वडा नम्बर १२ मा कांग्रेस एकल चुनाव लडेको थियो जसमा माओवादी केन्द्रका उम्मेदवार भन्दा ३९ मतले कांग्रेसका उम्मेदवार पराजीत भएका थिए । 

यता हेटौंडाको मेयर र उपमेयर पनि गठबन्धन दलकै नेकपा(एस) र कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । मेयरमा नेकपा (एस)की मिना कुमारी लामाले २३  हजार ७५ मत र उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश  बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।यता स्थानीय तहको निर्वाचन–२०७९ मा यस क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत  गठबन्धन दलनै अगाडि देखिन्छ भने एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहेको  छ । स्थानीय तह चुनावमा यस क्षेत्रमा पर्ने हेटौंडाका वडाहरुमा कांग्रेस सहित नेकपा(एस) र माओवादी केन्द्रका वडाध्यक्षहरुले २० हजार ६ सय ३४,  एमालेको वडाध्यक्षले १९ हजार २ सय ४६ र राप्रपाका उम्मेदवारले २ हजार ८ सय ४९ मत पाएका थिए । 

यो तथ्यांक हेर्दा लोकतान्त्रिक बाम गठबन्धन १ हजार ३ सय ८८ मतले एमालेभन्दा अगाडि छ भने गठबन्धन १७ हजार ७ सय ८५ मतले राप्रपा भन्दा अगाडि रहेको देखिन्छ । स्थानीय तहको निर्वाचन पछि थपिएको मतदाताको मतले को विजयी हुन्छ भन्ने कुरा चाहि मंसिर ४ मा सम्पन्न निर्वाचन पछिको मतगणानालाई नै कुर्नुपर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार