२३ कार्तिक, हेटौंडा । विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि देखाउँछन् ।
पछिल्ला दुई वर्षकै तथ्यांक केलाउने हो भने पनि सयौं जना असहाय, अपाङ्ग, बिरामी तथा निमुखाले बानियाँबाट व्यक्तिगत आर्थिक सहयोग पाएका छन् । अरुको दुःखलाई आफ्नै दुःख ठानी सकेको आर्थिक तथा अन्य सरसहयोगमा बानियाँको हात अघि बढिहाल्छ ।
मनहरी गाउँपालिका ९ की ३३ वर्षीय शर्मिला सुनार क्षयरोग पीडित छिन् । उनी कहिलेकाहिँ अचेत भई ढल्ने गर्छिन् । केही समयअघि अचेत भई ढल्दा अगेनामा परेर सुनारको खुट्टा जल्यो । उपचारको लागि चितवन मेडिकल कलेज पुर्याइयो । कमजोर आर्थिक अवस्था रहेको सुनार परिवारलाई उपचार गराउन समस्या भयो । यो खबर पार्टीकै नेताहरुबाट पाएपछि बानियाँले सहयोगीमार्फत अस्पतालमै नगद ७० हजार रुपैयाँ पुर्याइदिए । अस्पतालमा लागेको उपचार खर्चमा पनि भारी छुट गराइदिए । बानियाँको सहयोगले शर्मिलाको परिवार निकै खुसी बनेको छ ।
बानियाँ कतिसम्मको करुण हृदयको छन् भन्ने कुरा मनहरी ९ की कौशिमाया स्याङ्बो र उनको परिवारले पनि महसुस गरेको छ । कौशिमायाकी पति मानबहादुर स्याङ्बो बैदेशिक रोजगारीका क्रममा दुबईमा थिए । कामकै शिलशिलामा मानबहादुरको केही समयअघि विदेशमै मृत्यु भयो । पतिको मृत्युको शोक त छँदै थियो । पतिको शव स्वदेशमा ल्याउने र काजकिरिया गर्ने खर्चसमेत कौशिमायाको परिवारसँग थिएन । त्यस्तो पीडामा केही हदसम्म भए पनि मल्हम लगाउन बानियाँ नै हाजिर भए । शव स्वदेश ल्याई काजकिरिया गराउन बानियाँले नगद २० हजार रुपैयाँ सहयोग दिए ।
दुई महिनाअघि थाहा नगरपालिका ४ का रामकुमार पाख्रिनको मोटरसाइकल दूर्घटनामा परी खुट्टा भाँचिएर उपचार गर्न हेटौंडाको सहकारी अस्पतालमा ल्याइयो । उनको खुट्टाको शल्यक्रिया गरी सन्चो बनाइयो । तर, उपचार गर्दा धेरै खर्च भयो । अस्पतालको रकम तिर्न नसक्दा अस्पतालबाट निस्कन नसकेका पाख्रिनको उपचार खर्च तिरिदिन पनि बानियाँको हात माथि पर्यो । उनको उपचार खर्च तिर्न सहज होस् भनी बानियाँले सहयोगीमार्फत अस्पतालमै पुगी उपचार खर्चको लागि नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिदिए ।
कमजोर आर्थिक अवस्थाकी हेटौंडा–१८ कि संगीता थिङको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया गर्न खर्च अभाव भएपछि सहयोगको अपिल गरेकी संगीतालाई उपचार खर्चमा सहयोग गर्न बानियाँले १ वर्ष अघि नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए । बानियाँको आर्थिक सहयोगले आफ्नो उपचारमा सहयोग मिलेको भन्दै खुसी बनेकी संगीता सधैं बानियाँको प्रशंसा गर्छिन् ।
मनहरी गाउँपालिका ६ निवासी कृष्णमाया राईको नाकको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि नेता बानियाँले केही महिनाअघि अस्पतालमै पुगी नगद २० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेका थिए । यस्तै हेटौंडा– १ का राकेश महर्जन पनि दीर्घरोगी हुन् । उनलाई नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । उनको औषधि सेवनको लागि बानियाँले मासिक आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उक्त सहयोग नियमित गर्दै जाने बानियाँको प्रतिवद्धता छ ।
एक वर्षअघि हेटौंडा १८ की सुनिता आलेमगरको एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने भयो । आलेमगरको चितवनमा उपचार हुँदै थियो । कमजोर आर्थिक अवस्थाकी आलेमगरले उपचार खर्च बेहोर्न कठिन भएपछि कांग्रेसका स्थानीय नेतामार्फत बानियाँसम्म आर्थिक सहयोगको याचना गरिन् । बानियाँले सहयोगीमार्फत अस्पतालमै २० हजार रुपैयाँ पु¥याइदिए । एकै बचनमा बानियाँबाट आर्थिक सहयोग प्राप्त गरेकोमा आलेमगर निकै खुसी बनेकी थिइन् ।
करिब ३ वर्षअघि मकवानपुरको पश्चिमी क्षेत्रकी एक बालिकाको गम्भीर रोगका कारण उपचार गराउन आर्थिक अभाव भएको भन्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेको सिविन बाल हेल्पलाइनसम्म सहयोगको लागि आग्रह हुन आयो । सिविनले सकेको आर्थिक सहयोग गर्यो, चितवनको सिविन बाल हेल्प लाइनले पनि सहयोग थप्यो । सिविनको सहयोगले मात्रै बालिकाको उपचार खर्च नपुगेपछि सिविन बाल हेल्पलाइनले बालिकाको उपचारमा सहयोगको लागि आह्वान गर्यो । त्यतिबेला पनि बालिकालाई सहयोग गर्न ईन्द्रबहादुर बानियाँ अघि सरेका थिए । उनले त्यतिबेला ३० हजार रुपैयाँ बराबरको औषधि उपचार खर्च बेहोरेका थिए ।
आम सर्वसाधारणलाई आर्थिक तथा मानवीय सहयोग गर्दै आएका बानियाँले पार्टीकै नेता कार्यकर्ताको समस्यामा पनि उत्तिकै साथ दिन्छन् । कांग्रेसका नेता रामकृष्ण प्रजा दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित डाइलासिस गराइरहेका छन् । प्रजालाई नियमित डाइलासिस र औषधि सेवन गर्न बानियाँमार्फत केही महिनाअघि आर्थिक सहयोग भएको छ । तत्कालीन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता रहेका बानियाँले संसदीय दलबाट निर्णय गराई ५० हजार र व्यक्तिगत ५० हजार रुपैयाँ गरी प्रजालाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
विपन्नको आधारभूत आवश्यकता पूरा गराउन पनि बानियाँ क्रियाशील छन् । ३ वर्षअघि बानियाँले हेटौंडा–३ का ७७ परिवारलाई खानेपानीको मिटर खरिद गर्न आर्थिक सहयोग गरेका थिए । उनले प्रति परिवार २ हजार रुपैयाँका दरले एक लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
‘धेरैको दुःख र पीडामा मैले सकेको सहयोग गर्ने गरेको छु । मैले राजनीति गरेकै दुःखी गरिबको सेवा गर्नको लागि हो ।’ बानियाँ भन्छन् –‘मेरो हैसियतले भ्याएसम्म सधैं गरिब र निमुखा जनताकै सेवामा निरन्तर लागिरहनेछु ।’ मकवानपुरे नेता बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका छन् । हरेक दिन जनताको सेवामा क्रियाशील रहेको भन्दै बानियाँले आगामी निर्वाचनमा जनताले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















