Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

घरजग्गा व्यवसायी र उपमहानगरबीच सहमती

ghar-jagga-1667994393.jpg

२३ कार्तिक, हेटौंडा । मकवानपुर घरजग्गा व्यवसायी संघले आफना पूर्व घोषित सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ । बुधबार मकवानपुर उद्योेग वाणिज्य संघमा पत्रकार सम्मेलन गरि सम्पूर्ण घोषित कार्यक्रम फिर्ता लिएको जानकारी गराइएको हो ।
जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै केहिदिन अघिदेखी व्यवसायी संघले हेटौँडा उपमहानगरपालिकामा तालाबन्दी गर्ने देखीका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
आज बुधबार बिहान मेयर, उपमेयर लगाएत सघंका पदाधिकारी र राजनितिक दलका प्रतिनिधिहरु बसेर मंसिर ४ गतेको निर्वाचन पछि जग्गा बर्गीकरणका कामहरुलाई अगाडी बढाउने मौखिक सहमती पछि संघले आफना सबै घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको संघका सल्लाहकार हेम अधिकारीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नीतिगत निर्णयहरु गर्न समस्या भएकाले आम निर्वाचन पछि बस्ने कार्यपालिकाको पहिलो बैठकले वर्गीकरणका कार्यहरु अगाडी बढाउने तयारी भएको जानकारी दिए । यस्तै व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव)ले उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले व्यवसायीहरुको समस्यालाई नजिकबाट बुझेको र समस्या समाधान गर्न आगामी मंसीर ४ पछि तदारुकता देखाउने वचन दिएपछि आफना घोषित कार्यक्रमहरु फिर्ता दिएको बताए ।
पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, मकवानपुर घरजग्गा व्यवसायी संघका सल्लाहकार हेम अधिकारी,हेटौडा ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत व्यवसायीहरुको सहभागीता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार