२४ कार्तिक,हेटौंडा। आर्थिक समस्या होस या दैनिक गुजार गर्न नसकेर छट्पटाई रहेका नागरिक हुन वा एक्लो भएर जिवन गुजार गरिरहेका हुन वा शारीरिक अशक्त हुन,जो कोहीको समस्यामा मलम लगाउन पुग्छन आनन्दराम पराजुली।
नेपाली कांग्रेसका युवा नेता समेत रहेका पराजुली सहयोग गर्न कुनै पनि हिचकिचाहट गर्दैनन्। सकेको सहयोग गर्छन भने समस्या बुझ्न आफै घरमा पुग्छन्। राजनीतिमा सक्रिय नहुदा देखिनै उनले असाहयहरुलाई सहयोग गर्दै आएको उनका छरछिमेकी र टोलवासी स्वयं बताउछन् ।घुमै फिर्दै कतै पुगे हाले पराजुली समस्यामा परेकालाई देख्ने वित्तीकै सकेको सहयोग गर्छन।
हेटौंडा-१८ गुम्बाडाडाँ निवासी आइते सिंह वाइवा किड्नीका बिरामी हुन। उनी हप्तै पिक्ष अस्पताल धाउछन। उनको उपचारमा निकै पैसा खर्च भइसकेको उनी आफै बताउन।उनलाई एकातर्फ उपचारका क्रममा घरखेत सक्किएको चिन्ता परिवार प्रतिको जिम्मेवारी सधै सताउँथ्थो उपचार गर्ने क्रममा उनको घरखेत पनि सक्किएर सहयोगको अपेक्षा गरेका पराजुलीले वाइवाको अवस्थामा बारे सहयोगी मार्फत थाहा पाए।
बस्ने घर पनि नभएका उनलाई मकवानपुर क्षेत्र नम्बर-१ (ख) का प्रदेशसभा उम्मेदवार समेत रहेका आनन्दराम पराजुलीले अघिल्लो बर्ष उनको घरमै पुगेर घर बनाइदिने प्रतिवद्धा जनाएका थिए। प्रतिवद्धाता अनुसार पराजुलीको सहयोगमा वाइवाको घर निर्माण सम्पन्न भइसकेको छ। वाइवाले पराजुलीलेले नै मेरो घरको उदघाटन गर्नुपर्ने अडान लिएपछि उनी नयाँ घरमा समेत सरेका छैनन्।
उनले त्यो घर निर्माण गर्न पराजुलीले व्यक्तिगत रुपमा करिब २ लाख ५० हजारमा सहयोग गरेको बताए। घर नभएका वाइवाका परिवार पराजुलीको सहयोगमा घर पाएपछी अहिले निकै खुशी छन्।
त्यस्तै हेटौंडा-१५ का राते कामी कोरोनाको समयमा गम्भीर विरामी परे। उनको शरीरमा अक्सिजनको मात्रा कम भएकोले सबैले अस्पताल जान अनुरोध गरे तर आर्थिक अवस्था कमजोर भएका उनी घरमै बसे। दिनप्रति दिन उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गयो।आनन्दराम पराजुलीले उनलाई अक्सिजन सहयोग गरे र परिवारले आश गुमाइसकेका कामी तङ्गिए। उनी पराजुलीको सहयोगमा नयाँ जीवन पाएको आफै सुनाउछन् आनन्द बाबु साच्चिकै सहयोगी रहेछन्,कोरोनाको समयमा अक्सिजन सहयोग गरेर मलाई जिवन दान दिनुभयो'- कामीले भने।
'नागरिकको दुख मेरो दु:ख हो,यो अवस्था जो कोहीलाई पर्नसक्छ त्यसैले सहयोग गर्नुपर्छ भन्ने लाग्छ'-पराजुलीले भने।पराजुलीले मतदाताबाट आसन्न निर्वाचनमा आफूलाई अमुल्य मत पाउने कुरामा विश्वस्त रहेको बताए।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















