२४ कार्तिक, हेटौंडा । आगामी मङ्सीर ४ गते हुने प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाको लागी आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र हेटौंडा आइपुगेको छ ।
निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा तीन लाख ३२ हजार थान मतपत्र आइपुगेको र आवस्यक प्रकृया पुरा गरि निर्वाचन क्षेत्र अनुसार भण्डारण समेत गरिएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत समेत रहेका मुख्य निर्वाचन अधिकृत निरौलाले क्षेत्र नं १ मा एक लाख ६६ हजार मतपत्र आइपुगेको जानकारी दिए । उनका अनुसार यस निर्वाचन क्षत्रमा कुल १ लाख पचास हजार एकसय ५५ जना मतदाता रहेका छन् । यसैगरी अधिकृत निरौलले निर्वाचन क्षेत्र नम्बर १ को (क) का लागी ८६ हजार र (ख) का लागी ८० हजार मतपत्र विभाजन गरि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ७७ हजार नौसय ८९ जना र प्रदेश सभा (ख) मा ७२ हजार एकसय ६६ जना मतदाता रहेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६० हजार पाँचसय ७८ मतदाताका लागि एक लाख ६६ हजार थान मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क) मा ८३ हजार ९९ जना र प्रदेशसभा (ख) मा ७७ हजार चारसय ७९ मतदाता रहेका छन् ।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत समानुपातिकका लागी भने असोज ३० गते नै मतपत्र आइसकेको छ । कूल ३ लाख सात ३७ जना मतदाता रहेको मकवानपुरमा तीन सय ६४ वटा मतदान केन्द्र तोकिएको छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















