Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुनु सिग्देलको आरोप:ओलीले सूर्य चिन्ह थापालाई बेचे

Screenshot_20221110-17552-1668082377.jpg

२४ कार्तिक,हेटौंडा। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले हालसम्मको प्राप्त उपलब्धी र नेकपा एमालेको सूर्य चिन्ह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बेचेको आरोप लगाएकी छिन् । 

हेटौंडामा भएको गठबन्धनको अगुवा कार्यकर्ता भेलामा उनले अब मकवानपुरका एमाले नेताहरुले कम्युनिष्ट भन्न छोडिदिए हुने बताएकी हुन् । ‘संविधान निर्माणार्थ सुझाव संकलनको क्रममा पल्पसा हलमा नेकपा एमालेका नेताहरुलाई व्यवस्था विरोधीहरुले आक्रमण गर्दा रामेश्वर राना लगायतका नेताहरुलाई मीना लामा र म भएर जोगाएका थियौं । मैले मेरो नेतालाई चोट खानबाट जोगाएको थिएँ, आज त्यही नेताको टिकट खोसेर कुर्सी हान्नेलाई केपी ओलीले टिकट दिए । 

अहिले एमालेका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी भोट मागेर हिंड्न सकेका छन् अचम्म लाग्छ’, सिग्देलले भनिन्, ‘कम्युनिष्टको पगरी गुथेर कमल थापा बोकेर हिंड्नेहरुलाई यस चुनावमा रुखमा छाप लगाएर जवाफ दिनुपर्ने बेला आएको छ ।’ ९ पटक निर्वाचन चुनाव उठेर पटक पटक मन्त्री समेत हुँदा समेत जिल्लाको विकासमा सिन्को नभाँचेका दमनकारीलाई एमालेले बोकेर हिंडेको भन्दै उनले मुलुकको आन्दोलन र प्राप्त उपलब्धीको विरुद्धमा जानेहरुलाई ठेगान लगाउने बेला आएको बताइन्।मकवानपुरमा एमालेले एउटा पनि सिट जित्न नसक्ने दावी गर्दै उनले गठबन्धन दल एकढिक्का रहेको बताइन् । ‘मकवानपुरको क्षेत्र नम्बर १ र प्रदेशसभा ‘ख’ मा हामी सबैको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली नै भन्दै यहाँ मत हाल्नुपर्ने अरु कुनै चिन्ह नभएको बताइन। 

एमालेका साथीहरुले समेत रुखमा मतदान गर्नुपर्छ ,केपी ओलीले बेचेको सू्र्य चिन्ह अब एमालेको नभएकोले चुनाव चिन्हलाई माया गरिरहन नपर्ने उनको भनाई थियो।  मुनुले देशलाई जोगाउने हो भने गठबन्धनले जित्न जरुरी रहेको सुनाइन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार