Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विपक्षीदेखि असन्तुष्टसम्म बानियाँको समर्थनमा जुट्दै

Screenshot_20221110-17520-1668082480.jpg

२४ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादर बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै गईरहेका छन् ।  
गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धतासहित चुनावी घरदैलोमा व्यस्त रहेका उनको लोकप्रियताकै कारण सामाजिक, राजनीतिक व्यक्तित्वदेखि प्रतिस्पर्धी उम्मेदवारसमेतले समर्थन गर्न थालेका हुन् । सरकारमा रहँदा होस् या नरहँदा, जनताको सुखदुखमा संगै रहेका बानियाँ नै यसपटक पनि पश्चिम मकवानपुरको विकासको लागि आवश्यक भएकाले आफुले उनलाई समर्थन गरेको खुसीलाल प्रजा बताउँछन् । 
यसअघि स्वतन्त्र उम्मेदवारी दिएका प्रजाले उम्मेदवारी निस्कृय गर्दै भने ‘ईन्द्र बानियाँज्यूले मकवानपुरमात्र नभई समग्र बागमती प्रदेशकै जनताको हितका लागि योगदान दिनुभएको छ । बागमती प्रदेशमा शुरुवात भएका पूर्वाधार विकास र अन्य कामलाई पूर्णता दिन उहाँले जित्नैपर्छ, त्यसैले मैले उहाँलाई समर्थन गरेर उम्मेदवारी निस्कृय गरेको हुँ ।’
उनले आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानजस्ता उपलब्धी मास्न खोज्नेहरुलाई बल पुग्ने खतरा देखिएकोले पनि आफुले बानियाँलाई समर्थन गरेको बताए । 
नेपाली कांग्रेस वीपीबाट उम्मेदवारी दिएका पदमबहादुर तितुङ पनि कांग्रेसमै फर्किएर उम्मेदवारी निस्कृय गर्दै बानियाँको चुनावी सारथी बनेर हिडिसकेका छन् । पत्रकार सम्मेलन गरेर तितुङले इमान्दार छवि भएका बानियाँ नै चुनावी मैदानमा आएपछि आफुले उम्मेदवारी निस्कृय गरेर कांग्रेस र बानियाँलाई जिताउने अभियानमा लागेको बताए । वीपी कांग्रेसबाटै सोही क्षेत्रका समानुपातिक उम्मेदवार क्रमश कुमार बल, रामकुमारी घलान र जानुकी लामाले पनि उम्मेदवारी निष्क्रिय गराउँदै बानियाँलाई सघाउन घरदैलोमा निरन्तर पुगिरहिका छन् । ‘हामी पहिले देखि नै नेपाली कांग्रेस हौं, यसअघि पनि ईन्द्र बानियाँलाई जिताएका हौं, विकासका लागि चाहिने पनि उहाँ नै हो, त्यसैले हामी उहाँलाई जिताउने अभियानमा छौं ’ पत्रकार सम्मेलनमा उनीहरुले भने । उनीहरुले विज्ञप्ती जारी गर्दै गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका बानियाँलाई समर्थन गर्न आम मतदातालाई आग्रहसमेत गरे । 
२०७४ को निर्वाचनमा बानियाँसँगै प्रतिस्पर्धामा रहेका तत्कालिन नेकपा एमालेका नेता राजाराम स्याङ्तान उनीसँगै छन् । बानियाँले उम्मेदवार मात्रै होइन विपक्षी नेताहरुलाई पनि आफ्नो पक्षमा ल्याएका छन् । स्थानीयस्तरमा प्रभाव बनाएका उनीहरुलाई बानियाँको लोभ लाग्दो आकर्षणको प्रभावको छाप छ । त्यसैले खुलेरै वा अघोषित रुपमा उनीहरु सार्वजनिक बहसमा बानियाँको प्रशंसा गर्दै जिताउने दावी गर्न पछि पर्दैनन् । स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का एमाले अध्यक्ष एवं २०७४ मा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर चेपाङ बानियाँलाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेका छन् । ‘ईन्द्र बानियाँ विकासका ब्रान्ड हुनुहुन्छ, उहाँलाई विजयी गराउन म कांग्रेसमै प्रवेश गरी अभियानमा सहभागी भएको हुँ । 
बानियाँले आफ्नो क्षेत्रका पार्टीका असन्तुष्ट नेता, कार्यकर्ता, प्रभावशाली सामाजिक अभियानमा जुटेका व्यक्तिहरु, पेशाकर्मी र युवा अभियन्ताहरुबीच पनि अन्तरक्रिया गर्दै आफ्नो पक्षमा माहोल जुटाईरहेको नेपाली कांग्रेस मकवानपुर संघीय क्षेत्र नम्बर २ का सभापति लोकबहादुर मुक्तानको भनाई छ । 
प्रतिस्पर्धी उम्मेदवारहरुको समर्थनले आफुसँगै विकास चाहाने जनता उत्साहित भएको बानियाँले प्रतिक्रिया दिएका छन् । उनले चित्त दुखेर निस्कृय रहेकाहरुलाई समेत चुनावी अभियानमा सरिक हुन आग्रह गरेका छन् । जिल्ला सभापति बुद्ध लामादेखि मकवानपुरका सबै पालिकाका पार्टी सभापतिहरू पनि असन्तुष्ट पार्टी नेता, कार्यकर्तालाई आश्वस्त पार्न लागि परेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार