Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गाँजा विधेयक ल्याएर ओसारपसारमा जेल परेकालाई छुटाउँछौँः बानियाँ

IMG_20221110_212718-1668094967.jpg

२४ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गाँजा विधेयक ल्याएर ओसारपसारमा जेल परेकालाई छुटाउने बताएका छन् ।  
गठबन्धनले कैलाश ३ र ४ मा आयोजना गरेको सभालाईलाई सम्बोधन गर्दै बानियाँले गाँजा ओसारपसारको मुद्धामा जेल सजाय भोगिरहेकाहरुलाई छुटाउने बताए । 
उनले गाँजालाई विश्व स्वास्थ्य संगठनले ओषधीमूलक वनस्पती भनिसकेको अवस्थामा गाँजा प्रशोधन गरी विदेश निर्यात गर्न सके मुलुकको अर्थतन्त्र बलियो हुने बताए । 
उनले गठबन्धनको सरकार बनेपछि बागमती प्रदेशमा ५ वर्षको अवधिमा १० हजार घर बनाई गरिब तथा निमुखालाई हस्तान्तरण गरिने बताए । 

उनले भने, ‘हाम्रो राजनीति एमाले र राप्रपासंग छैन, हाम्रो राजनीति गरिब, पिछडिएका, लोपोन्मुख चेपाङ, भुजेल, तामाङ जनताजीहरुको विकास, समृद्धि, उत्पादन, रोजगारीको व्यवस्था गर्नुमा छ ।’ 
उनले नेकपा एमाले सरकारमा छँदा संविधान र व्यवस्था माथि नै आक्रमण गरेको भन्दै प्रतिगमनकारीहरुलाई अब यो निर्वाचनबाट परास्त गरिने बताए । उनले यो चुनाव संविधान बचाउने र सिध्याउन खोज्नेबीच भएको बताए । 
प्रदेशमा गठबन्धनको सरकार बनेको १० महिनामै कैलाशमा मात्रै २२ करोड भन्दा बढी रकम सडक, खानेपानी तथा पूर्वाधार निर्माणको लागि विनियोजन गरिएको बताउँदै आगामी दिनमा पनि सो क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताए । 
गठबन्धनबाट कैलाश– ३ का चुनाव प्रचारप्रसार समितिका संयोजक देवलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रममा ,  कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामासहित गठबन्धनका विभिन्न दलका नेताहरु कपिलबहादुर लामा, सन्तबहादुर प्रजा, राजेन्द्र घिसिङ, लोकबहादुर मुक्तान, पदमबहादुर तितुङ, तिलक मुक्तान, बिरबहादुर घलान ज्वाला, , भीम पाख्रिन, टंकबहादुर मुक्तान, खुशीलाल चेपाङ,सीता पुलामी र राजाराम मुक्तानलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार