Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पार्टी निती विपरित गतिविधि बन्द गर्न कांग्रेस मकवानपुरको आग्रह

nepali-congress-makawanpu-1668163168.jpg

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको निति विपरित स्वतन्त्र वा अन्य दलबाट उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निस्किृय पार्न र पार्टी विपरित गतिविधि बन्द गर्न अन्तिम अवसर प्रदान गरेको छ ।
शुक्रबार पार्टीका प्रवक्ता अर्जुन प्रसाद चौलागाईले विज्ञप्ति सार्वजनिक गर्दै पार्टी निति विपरितको गतिविधि २०७९ कार्तिक २६ गते शनिवार दिनको १२ः०० भित्र बन्द गर्न आग्रह गरिएको छ । 
प्रवक्ता चौलागाईद्वारा जारी विज्ञप्तिमा ‘नेपाली कांग्रेसमा रहेका, पुराना नेता कार्यकर्ताहरु विभिन्न कारणले निष्कृय एवम् अन्य दलका गतिविधिहरुमा सहभागि भई उम्मेद्वार समेत भएको सन्दर्भमा त्यस्ता नेता कार्यकर्ताहरुलाई उक्त कार्य तत्काल स्थगित गरी पुनः नेपाली कांग्रेसमा आबद्ध भई सव्रिmय रहन २०७९ कार्तिक २६ गते दिनको १२ः०० बजे सम्मको लागि विज्ञप्ति मार्फत अपिल गरिन्छ ।’ भनिएको छ ।
विज्ञप्ति मार्फत यदि मंसिर ४ गते को निर्वाचनमा पार्टीको नीति, सिद्धान्त, निष्ठा विपरित पार्टीका उम्मेद्वार र साझा उम्मेद्वारको विपक्षमा हुने गतिविधिमा संलग्न भएमा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
यस्तै पार्टीको नीति, सिद्धान्त र निष्ठामा पुनः आबद्ध हुने नेता तथा कार्यकर्ताहरुलाई पार्टी भित्र र बाहिर पूर्ववत् सम्मान र मर्यादा प्रदान गरिनेपनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 
साथै विज्ञप्ति मार्फत मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट नेपालको लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागी गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न अपिल समेत गरिएको छ ।
 

311318260_687799715997193-1668163170.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार