२५ कार्तिक, हेटौंडा । आनन्दराम पराजुली कांग्रेस युवा नेताका साथै मनकारी समेत रहेका छन् । अप्ठेरो परिस्थिति होस या सहज स्थिति होस घुलमिल हुन कुनै हिच्किचाहट गर्दैनन् । उनले गरेका उदाहरणीय काम थुप्रै छन ।
उनको बिशेषताकै कारण हेटौंडा १८ की सानुकान्छी रुम्बाले नयाँ घर पाइन् भने हेटौंडा–१८ का आइते सिंह वाइवाले पनि नयाँ घर पाए । त्यसैगरी कोभिडको समयमा पराजुलीको सहयोगमा हेटौंडा–१५ का राते कामीले नयाँ जिवन पाए ।
कोभिडले विश्वनै आक्रान्त बन्दा नेपालमा पनि कोभिडको प्रभाव करिब ३ बर्ष रह्ययो । कोभिडका कारण नेपालमा पनि लकडाउन भयो । लकडाउनका समयमा आर्थिक कृयाकलापहरु ठप्प हुँदा न्युन आयका भएका व्यक्तिहरु मारमा परे ।
कोभिडका कारण मकवानपुरमा पनि धेरैले समस्या भोग्नुपर्यो । त्यस्तोबेला समस्यामा परहेकाहरुलाई सहयोग गर्न आनन्दराम पराजुली विभिन्न खाद्यान्न समाग्री लिएर पुगे । उनी कोभिडका समयमा आर्थिक र खाद्यन्न सयोगका लागी हेटौंडाको वडा नम्बर–१, ४, ५, ६, ७, ८, १३, १४, १६, १८ सहित मकवानपुरको बकैया, बागमती र भीमफेदी सम्म पुगे । त्यहाँ पुगेर उनले कोरोनाबाट बच्न अनुरोध गर्दै दाल चामल, नुन, तेल, चिउरा लगायतका खाद्यान्न सहयोग गरे ।
यसैगरी कोभिडको उच्च जोखिमका समयमा अक्सिजन नपाइएको थाहा पाएपछि अक्सिजन बोकेर पुग्थे आनन्दरामा । उनले अक्सिजनको अभाव हुँदा अक्सिजन लिन वीरगन्ज, नवलपरासी सम्मा आफै पुगेर अक्सिजन ल्याए र कोरोनाका बिरामीलाई निशुल्क घरमै पुगेर अक्सिजन सिलिन्डर सहयोग गरे । उनको सहकार्यमा साथ दिएका थिए कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले, इटेनीसँगै हाल मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार तथा कांग्रेस बागमती सभापति र प्रतिनिधिसभा क्षेत्र नम्वर–१ का उम्मेदवार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पनि उनको अभिनयमा ईट्टा थप्ने काम गरेका थिए ।
हेटौंडा–४ का रमेश अधिकारी कोभिडका समयमा निकै विरामी परे, उनको अक्सिजन लेबल ८० मा झर्यो, उनले अक्सिजनका लागी हार गुहार गरे, तर कतै अक्सिजन सिलिन्डर पाएन्न । कोभिडले उनको ५० प्रतिशत फोक्सोमा क्षती पुगिसकेको थियो । यसै क्रममा आनन्दराम पराजुलीको पहलमा उनलाई अक्सिजन सिलिन्डर उपलब्ध गराइयो ।
पराजुलीको सहयोगले उनी कोभिडलाई पराजित गर्न सफल भए । अधिकारीले आफ्नो प्रतिकूल रहेको स्वास्थ्य अवस्थामा आनन्दरामले गरेको सहयोगलाई कहिलै नभुल्ने टेलिफोन सम्पर्कमा सुनाए । अधिकारी आनन्दरामलाई आसन्न निर्वाचनमा विजयी बन्न सुभकामना समेत दिए ।
एकल महिलालाई घर बनाउन सहयोग गरेका र किड्नी फेल भएका विरामीलाई आर्थिक सहयोग गरी घर बनाइदिएका पराजुली आसन्न प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार हुन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















