Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थ्यांक यु ईन्द्र बानियाँ: तपाईको सहयोगले जिउने हौसला र साहस बढेको छ

Screenshot_20221112-07102-1668216510.jpg

मेरो नाम ईन्द्रबहादुर बस्नेत हो । मेरो घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा पर्छ । म अहिले अटो चलाएर दैनिक जीवनयापन गरिरहेको छु । मसहित परिवारमा ४ जना सदस्य छौँ । परिवारका सबै सदस्यको पालनपोषण मैले नै गरिरहेको छु । 
२०७४ सालमा मैले चलाएको ट्रक दुर्घटना हुँदा म घाइते भएँ । बिएण्डबी हस्पिटलमा करिब ६–७ महिना उपचारका क्रममा बस्नुपर्यो । उपचारको क्रममा दाहिने गोडा काट्नुपर्ने भयो । खुट्टा गुमाएपछि मेरो घर व्यवहार चलाउन निकै गाह्रो भयो । 
शरिरको अंग नै गुमाउनु पर्दा पीडा त छँदै थियो । शारीरिक र मानसिक दुवै रुपले कमजोर भएको अनुभूति भयो । त्यसपछि कुनै पेशा व्यवसाय नगरी घरमा बस्दै आइरहेको थिएँ । के गर्ने कसो गर्ने भनेर निकै छट्टपट्टी पनि भयो । 
जीवनमा केही गरौँला भन्ने आश नै गुमाएर बसेको थिए । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मेरो जीवनमा ठूलो गुन लगाउन आउनुभयो । उहाँले मलाई कृत्रिम खुट्टा सहयोग गरी हिँड्न सक्ने बनाउनुभयो । त्यसपछि मलाई थप हौसला र साहस बढेर गयो । 
जिन्दगीदेखि नै हारिसकेको थिएँ । मेरो लागि ईन्द्र दाई भगवान बनेर आउनुभयो । उहाँको सहयोगले मेरो पीडामा मल्हमको काम गर्यो । विस्तारै केही गर्ने प्रेरणा जाग्दै गयो । 
कृत्रिम खुट्टा लगाइसकेपछि अब मैले पनि आफैंले केही गर्नुपर्छ भन्ने सोच बनाएर अटो चलाउँदै आएको छ । सुरुमा केही कठिन भए पनि अहिले सोही पेशाबाट मैले म र मेरो परिवारको गुजारा चलेको छ । आफू व्यस्त पनि भएको छु, घरपरिवार चलाउन पनि सजिलो भएको छ । 

म झन्डै ५/६ महिना विभिन्न संघसंस्था तथा राजनीतिक दलका नेताहरुसँग सहयोगको याचना गर्दै पुगेँ । धेरैले आश्वासन दिए । हेटौंडा उपमहानगरपालिका र नारायणी संघले कृत्रिम खुट्टा दिएको भए पनि धेरै समय टिकेन । 
ईन्द्र दाईले एक पटक कृत्रिम खुट्टा किन्न ५० हजार रुपैयाँ दिनुभयो । त्यो पुरानो भएर काम नलाग्ने भएपछि केही समयअघि फेरि ७५ हजार बराबरको नयाँ कृत्रिम खुट्टा घरमै आएर सहयोग गर्नुभयो । 
अरुले दाईलाई जेसुकै भने पनि मकवानपुरमा उहाँ जस्तो सहयोगी भावनाको कोही छैनन् जस्तो लाग्छ । उहाँको यो गुन म जीवनभर तिर्न सक्दिन उहाँको सँधै ऋणी रहनेछु । दाईलाई हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु, थ्याङ्क यू ईन्द्र दाई ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार