२६ कार्तिक, हेटौंडा । मकवानपुरे राजनीतिज्ञ तथा समाजसेवी ईन्द्रबहादुर बानियाँले राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाइरहेका छन् । हाल नेपाली कांग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँ जनताको सेवाको लागि नै राजनीति गरेको बताउँछन् ।
विपन्न, निमुखा र असहाय जनताका दुःख देख्न नसक्ने बानियाँ उनीहरुको आधारभूत आवश्यकता पूरा गर्न व्यक्तिगत रुपमै धेरै सहयोग गर्ने गरेका छन् । सहयोगी भावना राख्ने, बोलेको कुरा व्यवहारमा उतार्ने भएकै कारण निमुखा र असहाय जनताले उनीमाथि भरोसा र विश्वास राख्ने गर्दछन् । व्यक्तिगत लगानीबाट होस् वा कुनै निकायमा पहल गरिदिएर, बानियाँले हजारौँ जनताको आशालाई उपलब्धीमा बदलिदिएका छन् । गरिब जनताको नाना, छाना र खानासँग सम्बन्ध गाँसेका उनले आधारभूत आवश्यकतासँगै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य उपचार, रोजगारीलगायत क्षेत्रमा ठूलो योगदान दिएका छन् ।
बानियाँकै सहयोग र हौसला पाएका राक्सिराङ–९ का २७ वर्षीय प्रविण स्याङ्तान अहिले डाक्टर बनेका छन् । बानियाँले उनलाई २०७३ बाट २०७६ सम्म वार्षिक ५० हजार रुपैयाँ सहयोग गरे । ‘मेरो जीवनमा ईन्द्र दाईको महत्वपूर्ण साथ र हौसला छ ।’ स्याङ्तानले भने । बानियाँकै सहयोगमा मनहरी गाउँपालिकाकी अनु परियारले सिद्धार्थ माविमा प्लस टु सम्म कानून विषय अध्ययन गरिन् ।
बानियाँकै पहलमा हेटौंडा–१८ हर्नामाडीमा रहेको गोरक्षश्वर मावि प्राविधिक शिक्षालयको रुपमा विकास भयो । उनकै संयोजकत्वमा २०७६ मंसिर ३ देखि १० गतेसम्म सप्ताह ज्ञान महायज्ञ संचालन गरी संकलन भएको १ करोड ५८ लाख ५ हजार रुपैयाँबाट विद्यालयमा प्राविधिक शिक्षा अध्यापनको प्रबन्ध मिलाइएको छ । ‘प्राविधिक शिक्षा अध्ययन गराउने ठूलो योजना थियो, ईन्द्र दाईकै कारण सफल भयो । अहिले विद्यालयको मुहार फेरिएको छ ।’ अध्यक्ष शैलेन्द्रराज बानियाँले भने ।
विद्यालयको पूर्वाधार विकासमा बानियाँको सहयोग महत्वपूर्ण रहेको मनहरी–४ मसिनेस्थित पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य बताउँछन् । ‘हाम्रो विद्यालय निजी स्रोतबाट चलिरहेको छ । विद्यालय सञ्चालन गर्न हामीले व्यवसायिक आम्दानी गर्ने सोच बनाएका छौँ । ईन्द्रजीले व्यवसायिक भवन निर्माण गर्न सांसद् विकास कोषबाट १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको छ । भवन निर्माण शुरु भएको छ । थप २० लाख पनि उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।’ आचार्यले भने । व्यवसायिक भवन बनेपछि सटर भाडामा लगाएर आम्दानी भएको पैसाले विद्यालय सञ्चालनमा सहयोग पुग्ने आचार्य बताउँछन् ।
प्रदेश स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममार्फत् आफनो क्षेत्रका स्थानीय तहहरुको लागि शैक्षिक क्षेत्रमा बजेट विनियोजन गरेका उनले हेटौंडा–६ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयलाई बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट २० लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए । सो रकमबाट विद्यालयको भौतिक पूर्वाधार विकास हुनुको साथै शिक्षण सिकाइको गुणस्तरमा बृद्धि भएको प्रधानाध्यापक मन्दिरा घिमिरेले बताइन् । ‘ईन्द्र बानियाँज्यूको पहलमा प्राप्त भएको रकमबाट विद्यालय कम्पाउण्ड, चौर निर्माण, सिसि टिभी जडान र कम्प्यूटर ल्याब पनि स्थापना गरेका छौँ ।’ उनले भनिन् । विशेषगरी विपन्न र दलित समूदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा बालबालिकाहरु टाढाबाट आउनुपर्ने भएकाले बानियाँले स्कुल बसको व्यवस्था मिलाइदिने प्रतिवद्धता जनाएको घिमिरेले बताइन् ।
२०७६ असोजमा नेता बानियाँले राक्सिराङ–२ स्थित प्रजा प्रगति आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी संस्थासँग पहल गरेर ९२ लाख रुपैयाँ उपलब्ध गराएका थिए । कुल विद्यार्थी संख्याको ५० प्रतिशतभन्दा बढी चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको भौतिक पूर्वाधार विकास हुनुको साथै शैक्षिक गुणस्तर बृद्धि भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । मकवानपुरगढी २ मा रहेको वंशगोपाल प्राविधिक शिक्षालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गराउन पनि बानियाँको देन छ । शैक्षिक स्तर सुधार्न विद्यालयले आयोजना गरेको सप्ताह महायज्ञमा बानियाँले नगद ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।
बानियाँ विद्यालय पढ्ने बालबालिकाको समस्यामा पनि सँगै छन् । उनले व्यक्तिगत लगानीमा मकवानपुरगढी– ७ सुकौरास्थित जनता माविका ३६० बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरे । २०७७ फागुन २ गते मकवानपुरगढी–२ शिखरकटेरीस्थित चण्डिका माविमा अध्ययनरत २२८ बालबालिकालाई न्यानो कपडा सहयोग उपलब्ध गराए । २०७८ फागुन २६ गते मकवानपुरगढी–३ स्थित कालिदेवी प्राविका १ देखि ५ सम्म अध्ययनरत ६० बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराए ।
उनले हेटौंडा–१९ बस्तिपुरमा रहेको निर्मल माविमा अध्ययनरत विपन्न छात्राहरुलाई २०७४ मा ५ हजारको दरले ३० जना र २०७५ मा १३ हजार ३ सय ३३ को दरले १५ विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेका थिए । उनको सहयोगले विपन्न बालबालिकालाई राहत पुगेको विद्यालय प्रशासनले जनाएको छ ।
जनताको चौतर्फी विकासमा ध्यान दिने भएकाले मतदाताको विश्वास जितेर नेता बानियाँ २०७४ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशका सांसद बने । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















