२६ कार्तिक,हेटौंडा। वृद्धा,युवायुवतीको मन जित्न सफल आनन्दराम पराजुली विद्यार्थीका सारथी पनि हुन भन्दा फरक नपर्ला,कोभिडका समयमा घरघर पुगेर खाद्यान्न र अक्सिजन सिलिन्डर सहयोग गरेका आनन्दराम पराजुलीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पनि मन जित्न सफल भएका छन्।उनले चकलेट र लालिपप दिएर मन जितेका होइन,पढ्न रहर भएर पनि अर्थिक अवस्था कमजोर भएका स्कुले बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग गरेर मन जित्न सफल भएका हुन्। सहयोग गर्न हिचकिचाहट नगर्ने पराजुली कसैले अप्ठेरो छ भनेपछि सहयोग गर्न लागि पर्छन्।
यसै क्रममा उनले मकवानपुरका धेरै विद्यालयमा पुगेर जाडोमा लगाउने स्वीटर र अध्ययनका लागि आवश्यक पर्ने कापी,कलम,सिसाकलम जस्ता अन्य स्टेशनरी सामग्री दिएका छन्।
पराजुलीले २०७४ को स्थानीय चुनावमा पराजित हुदा समेत २०७५ साल पुस महिनामा मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरेका थिए।
तत्कालिन समय नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर सभापति रहेका आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका अध्यक्ष एवम् कांग्रेस नेता उत्सव ईटेनीको सहयोगमा उनी आफै न्यानो कपडा तथा आवश्यक स्टेशनरी सामग्री लिएर कैलाश पुगेका थिए।
उनी सहित मकवानपुर क्षेत्र नम्बर-१ की प्रतिनिधीसभाकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम थिङ र अभिभावकको उपस्थितीमा उक्त सामग्री वितरण गरेका थिए।उनले विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामग्रीहरु वितरण गरेका थिए।
त्यसैगरी २०७८ सालको फागुनमा मकवानपुरको मकवानपुरगढीका दुई वटा सामुदायिक विद्यालयमा न्यायो कपडा र स्टेशनरी वितरण गरेका थिए। मकवानपुरगढी-८ बढीचौरमा रहेको रुपनारायण माध्यमिक विद्यालय पुगेर उनले विद्यार्थीलाई स्वीटर र कलम,कापी सहयोग गरेका हुन्। उनले विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठ र अभिभावकलाई विद्यालयमै बोलाए करिब २०० विद्यार्थीलाई स्वीटर र स्टेशनरी सामग्री वितरण गरेका थिए ।त्यसैगरी मकवानपुरगढी-८ मै रहेको ॠखेश्वर आधारभूत विद्यालयमा २०७८ सालको फागुनको चिसो ठण्डिमा विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक बिष्णु तिमल्सिना र व्यवस्थापन समिति अध्यक्ष मोहन सिंह पाख्रिन, स्थानीय समाजसेवी सूर्य बहादुर पाख्रिन र अभिभावकलाई बोलाएर ९० जना विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए।पराजुलीको पहलमा २०७८ सालमै मकवानपुरगढी-८ मा रहेको वालजागृती आधारभूत विद्यालयका करिब १०० सय जनालाई स्वीटर,ट्रयाकसुट,स्टेशनरी र स्वास्थ्य सामग्री वितरण गरिएको थियो।
त्यसैगरी २०७८ सालमै भिमफेदी गाउँपालिका वडा नम्बर-१ किसेडीमा रहेको दीपक आधारभूत विद्यालयमा पनि चिसोमा विद्यालय जान समस्या नपरोस भन्दै पराजुली सहितको अन्य टिम पुगेर ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेका थिए।
शिक्षा क्षेत्रमा योगदान गर्न पछि नहट्ने पराजुली हेटौंडा क्याम्पस सञ्चालक समिति अध्यक्ष पनि हुन। जिल्लाकै ठुलो क्याम्पस व्यवस्थाप गर्न सफल रहेका उनी विद्यार्थीलाई सहयोग गर्न पाउदा पुण्य प्राप्त हुने बताउछन्। युवा विद्यार्थी भनेका देशका कर्णधार हुन।आर्थिक अवस्था कमजोर रहेका पढन नपाउने तथा विद्यालय जान नस्कने विद्यार्थीलाई सहयोग गर्नु भनेको संविधानको उल्लेख भएको मौलिक हकको रक्षा गर्नु हो-पराजुलीले बताए।पराजुली मकवानपुर क्षेत्र नम्बर-१ प्रदेशसभा-१ (ख) का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















