Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विपन्न र गरिब विद्यार्थीको सारथी आनन्दराम पराजुली

Screenshot_20221111-20211-1668249692.jpg

२६ कार्तिक,हेटौंडा। वृद्धा,युवायुवतीको मन जित्न सफल आनन्दराम पराजुली विद्यार्थीका सारथी पनि हुन भन्दा फरक नपर्ला,कोभिडका समयमा घरघर पुगेर खाद्यान्न र अक्सिजन सिलिन्डर सहयोग गरेका आनन्दराम पराजुलीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पनि मन जित्न सफल भएका छन्।उनले चकलेट र लालिपप दिएर मन जितेका होइन,पढ्न रहर भएर पनि अर्थिक अवस्था कमजोर भएका स्कुले बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग गरेर मन जित्न सफल भएका हुन्। सहयोग गर्न हिचकिचाहट नगर्ने पराजुली कसैले अप्ठेरो छ भनेपछि सहयोग गर्न लागि पर्छन्।

यसै क्रममा उनले मकवानपुरका धेरै विद्यालयमा पुगेर जाडोमा लगाउने स्वीटर र अध्ययनका लागि आवश्यक पर्ने कापी,कलम,सिसाकलम जस्ता अन्य स्टेशनरी सामग्री दिएका छन्। 

पराजुलीले २०७४ को स्थानीय चुनावमा पराजित हुदा समेत २०७५ साल पुस महिनामा मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई  न्यानो कपडा तथा स्टेशनरी वितरण गरेका थिए।  

तत्कालिन समय नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर सभापति रहेका  आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका अध्यक्ष एवम् कांग्रेस नेता उत्सव ईटेनीको सहयोगमा उनी आफै न्यानो कपडा तथा आवश्यक स्टेशनरी  सामग्री लिएर कैलाश पुगेका थिए। 

उनी सहित मकवानपुर क्षेत्र नम्बर-१ की प्रतिनिधीसभाकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम थिङ र अभिभावकको उपस्थितीमा उक्त सामग्री वितरण गरेका थिए।उनले विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामग्रीहरु वितरण गरेका थिए।

त्यसैगरी २०७८ सालको फागुनमा मकवानपुरको मकवानपुरगढीका दुई वटा सामुदायिक विद्यालयमा न्यायो कपडा र स्टेशनरी वितरण गरेका थिए। मकवानपुरगढी-८ बढीचौरमा रहेको रुपनारायण माध्यमिक विद्यालय पुगेर उनले विद्यार्थीलाई स्वीटर र कलम,कापी सहयोग गरेका हुन्। उनले विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठ र अभिभावकलाई विद्यालयमै बोलाए करिब २०० विद्यार्थीलाई स्वीटर र स्टेशनरी सामग्री वितरण गरेका थिए ।त्यसैगरी मकवानपुरगढी-८ मै रहेको ॠखेश्वर आधारभूत विद्यालयमा २०७८ सालको फागुनको चिसो ठण्डिमा विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक बिष्णु तिमल्सिना र व्यवस्थापन समिति अध्यक्ष मोहन सिंह पाख्रिन, स्थानीय समाजसेवी सूर्य बहादुर पाख्रिन र अभिभावकलाई बोलाएर ९० जना विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए।पराजुलीको पहलमा २०७८ सालमै मकवानपुरगढी-८ मा रहेको वालजागृती आधारभूत विद्यालयका करिब १०० सय जनालाई स्वीटर,ट्रयाकसुट,स्टेशनरी र स्वास्थ्य सामग्री वितरण गरिएको थियो।

त्यसैगरी २०७८ सालमै भिमफेदी गाउँपालिका वडा नम्बर-१ किसेडीमा रहेको दीपक आधारभूत विद्यालयमा पनि चिसोमा विद्यालय जान समस्या नपरोस भन्दै पराजुली सहितको अन्य टिम पुगेर ६० विद्यार्थीलाई न्यानो कपडा र  स्टेशनरी सामग्री वितरण गरेका थिए।

शिक्षा क्षेत्रमा योगदान गर्न पछि नहट्ने पराजुली हेटौंडा क्याम्पस सञ्चालक समिति अध्यक्ष पनि हुन। जिल्लाकै ठुलो क्याम्पस व्यवस्थाप गर्न सफल रहेका उनी विद्यार्थीलाई सहयोग गर्न पाउदा पुण्य प्राप्त हुने बताउछन्। युवा विद्यार्थी भनेका देशका कर्णधार हुन।आर्थिक अवस्था कमजोर रहेका पढन नपाउने तथा  विद्यालय जान नस्कने विद्यार्थीलाई सहयोग गर्नु भनेको संविधानको उल्लेख भएको मौलिक हकको रक्षा गर्नु हो-पराजुलीले बताए।पराजुली मकवानपुर क्षेत्र नम्बर-१ प्रदेशसभा-१ (ख) का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार