२६ कार्तिक, कैलाश । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुरमा पूर्वाधार विकासको कामलाई विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।
गठबन्धनले आयोजना गरेको कैलाश ७ र ८ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गठबन्धनको सरकार बनेपछि जिल्लाको सडक पूर्वाधार विकास गरिनुको साथै ग्रामिण विद्युतीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिइने बताए ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै १० महिनाको अवधिमा कैलाश गाउँपालिकामा मात्रै २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । उनले आफ्नो राजनीति गरिब, पिछडिएका, लोपोन्मुख समुदायको विकास, रोजगारी र समृद्धिसँग जोडिएको दावी गरे ।
बानियाँले बागमती प्रदेशको १३ जिल्लाका गरिब, निमुखा जनताको लागि १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताए । उनले राजतन्त्रसंग सहकार्य गरेर गणतन्त्र र व्यवस्था मास्न बारम्बार प्रहार गर्ने नेकपा एमालेलाई अबको निर्वाचनबाट परास्त गर्नुपर्ने बताए ।
एमाले राजतन्त्र ब्यूँताउन खोज्ने, देश टुक्र्याउन खोज्नेहरुसँग मिलेर संघीयताविरोधी गतिविधिमा सक्रिय रहेको भन्दै जनताले प्रतिगमनकारी शक्तिलाई अब परास्त गर्ने बानियाँले बताए ।
उनले गाँजा विधेयक ल्याएर ओसारपसारकै आधारमा परेकालाई जेलमुक्त गरिने बताए । विश्व स्वास्थ्य संगठनले गाँजालाई औषधिमुलक बनस्पती भनिसकेको अवस्थामा अब प्रशोधन गरेर विदेश निर्यात गरी देशको अर्थतन्त्र बलियो बनाउनुपर्ने बानियाँको भनाई छ ।
उनले मकवानपुरवासीको लागि व्यक्तिगत लगानीमै भएपनि कोरोनाको महामारीमा खाद्यान्न, जाडोमा न्यानो कपडा सहयोग गर्दै आएको स्मरण गर्दै आफु हुन्जेल कसैले भोकै र कठ्याङ्ग्रीएर बस्नु नपर्ने बताए ।
गठबन्धन कैलाश–७ का चुनाव प्रचारप्रसार संयोजक उदासकुमार भ्लोनको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु क्रमश ओम घलान, सन्तबहादुर प्रजा, मुनु सिग्देल, गोविन्दराम चेपाङ, लोकबहादुर मोक्तान, पदमबहादुर तितुङ, बालकुमार मल्ल, राजेन्द्र घिसिङलगायतको आतिथ्यता रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















