Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँको योगदान: मन्दिरदेखि मस्जिदसम्मको पूर्वाधारमा

Screenshot_20221113-15422-1668333613.jpg

२७ कार्तिक, हेटौंडा । धर्म अनुशासन हो, धार्मिक सहिष्णुताले नै सामाजिक सद्भाव कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यहि मान्यतालाई अनुशरण गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले धार्मिक क्षेत्रको विकासमा ध्यान पुर्याएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ ‘सर्वधर्म समभाव’ को मान्यता राख्दै सबै धर्म र संस्कृतिको सम्मान गर्दछन् । 
बानियाँले मन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक पूर्वाधार विकास तथा सांस्कृतिक प्रवद्र्धनमा यसअघि प्रशस्तै सहयोग गरेका छन् । जिल्लाका धार्मिकस्थल वा अन्य संस्थाहरुले धार्मिक प्रवद्र्धन तथा संस्थागत विकासका लागि आयोजना गरेका अधिकांश श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा बानियाँले धेरथोर सहयोग उपलब्ध गराउँदै आएका छन् । 
बानियाँकै पहलमा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन विकास मन्त्रालयबाट गत वर्ष हेटौंडा–८ स्थित निजानन्द धाम पार्क व्यवस्थापनका चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन भएको छ । यस पार्कलाई भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पनि बजेट विनियोजन गराईएको छ । त्यस्तै बानियाँकै पहलमा मनहरी–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई प्रदेश सरकारबाट ३० लाख रुपैयाँ उपलब्ध भएको छ । सो रकमबाट मन्दिरको भवन निर्माण भएको छ भने चालु आवमा पनि सो मन्दिरका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ । 
बानियाँकै पहलमा हेटौंडा–१८ हर्नामाडीस्थित गोरक्षश्वर मावि प्राविधिक शिक्षालयको रुपमा हाल सञ्चालनमा रहेको छ । उनकै संयोजकत्वमा २०७६ मंसिर ३ देखि १० गतेसम्म सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरी संकलन भएको १ करोड ५८ लाख ५ हजार रुपैयाँबाट विद्यालयमा प्राविधिक शिक्षा अध्यापनको प्रबन्ध मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले बताए । 
हेटौंडा–१९ नेवारपानीमा रहेको डोदोन छ्योइलिङ बौद्ध गुम्बाको भवन बनाउन बानियाँले सांसद् विकास कोषबाट गत २०७७ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरी काम भएको थियो । 
हेटौँडा–६ गौरीटारमा रहेको श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरीटारलाई बानियाँले व्यक्तिगत रुपमा ५१ हजार ५१ रुपैँया सहयोग गरेको मन्दिरका अध्यक्ष बासुदेव खतिवडाले बताए । हेटौंडा–१६ हटिया चिसापानी र बकैयाको पावसस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पूर्वाधार विकासमा बानियाँको सहयोग छ ।
हेटौंडा–५ स्थित लक्ष्मीनारायण मन्दिर बनाउन सहयोग गरेका बानियाँले हेटौंडा–१ गोरक्षश्वर मन्दिर परिसरमा ठूलो हनुमानको मुर्ति बनाउन व्यक्तिगत रुपमा ५ लाख रुपैयाँ सहयोग गरेको रामभक्त हनुमान सेवा समितिका सचिव यज्ञप्रसाद कंडेलले बताए । 
बानियाँले हेटौंडा–१७ स्थित ज्ञान सञ्चार बृद्धाश्रम सञ्चालनको लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाएर पूर्वाधार विकासमा ठूलो गुन लगाएको चुच्चेखोलाका स्थानीय गौरबकुमार पराजुली बताउँछन् । सो महायज्ञमा एक करोड रुपैयाँभन्दा बढी संकलन भएको महायज्ञ सञ्चालन समितिका तत्कालीन कार्यालय सचिवसमेत रहेका पराजुलीले बताए । त्यसयता, सो आश्रमलाई बानियाँले विभिन्न समयमा सहयोग उपलब्ध गराउँदै आएका छन् । बानियाँकै सिफारिसमा बृद्धाश्रम परिसरमा बेद अध्यापन केन्द्र स्थापनाका लागि प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट ४० लाख रुपैंया बजेट, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख लगायत गरी करिब १ करोड रुपैंयाको लागतमा भवन निर्माणको शिलान्यास भएको सचिव नवराज न्यौपानेले बताए ।
२०७६ साउन ५ गते कांग्रेसका स्वर्गीय नेता विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसको अवसर पारी हेटौंडा–११ नवलपुरको तारकेश्वर महादेव मन्दिरको निर्माण गर्न बानियाँले ५० हजार नगद सहयोग उपलब्ध गराएका थिए । बानियाँको सहयोगले मन्दिर निर्माण भएपछि त्यस भेगका हिन्दु धर्मावलम्बीहरु खुसी बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए । 
त्यस्तै बानियाँले हेटौंडा–१ स्थित मुस्लिम समुदायको शिक्षा दिने विद्यालय (मदरसा दारुल कुरान) बनाउन निर्माण सामग्री र सिमेन्ट ५० बोरा सहयोग उपलब्ध गराएको मदरसाका शिक्षक अलिराज हुसेन मियाले बताए । हेटौंडा–१८ स्थित गुम्बाडाँडास्थित गुम्बा निर्माणको लागि बानियाँले आफू संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुँदा ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए भने हेटौंडा–६ स्थित वीपी गणेशमान शान्तिपार्कमा किराँतेश्वर महादेवको मूर्ति निर्माण एवं पार्कको पूर्वाधार विकासका लागि १ करोड रुपैंया भन्दा बढि बजेट बिनियोजन गराएका छन् । 
बानियाँको सिफारिसमा मनहरी–८ मा टासी फन्छोक छयोलिङ गुम्बा पूर्वाधार निर्माणका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत चालु आवमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश मन्त्रालयमार्फत नै मनहरी ७ को एकता मण्डलीको भवन निर्माणको लागि पनि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । बानियाँको सिफारिसमा बागमती प्रदेश सरकारले विभिन्न धार्मिक पूर्वाधार निर्माण गर्न यस वर्ष प्रशस्तै बजेट विनियोजन भएको छ ।
नेता बानियाँले आफूले मन्दिर, मस्जिद, गुम्बा, चर्चहरुमा विगतदेखि नै सहयोग गरिरहेकाले यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । 
आम नागरिकको हरेक समस्यामा साथै रहने बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता भएका बानियाँ आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् । आफूलाई निर्वाचित गराउन आग्रह गर्दै बानियाँ अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार