Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३६ जना कांग्रेस प्रवेश

Screenshot_20221113-16501-1668337606.jpg

२७ कार्तिक, हेटौंडा । नेकपा एमालेको गतिविधिप्रति रुष्ट बन्दै पार्टी परित्याग गरी बसेका नेकपा एमालेबाट मनहरी गाउँपालिका ५ नम्बर वडाका निर्वाचित पूर्व वडाध्यक्ष शुभराज थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

एमाले मनहरी गापा सहईन्चार्जसमेत रहेका थिङसहित २०७४ मा निर्वाचित वडा सदस्य एवम् एमाले मनहरी ५ नम्बर वडा कमिटी सोमनाथ रुम्बा पनि कांग्रेसमा प्रवेश गरेकी हुन् । थिङको नेतृत्वमा आइतबार ३६ जना एमालेका कार्यकर्ताले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले उनीहरुलाई नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन् । 

एमालेबाट कांग्रेसमा प्रवेश गरेका शुभराज थिङलाई आजै नेपाली कांग्रेस जिल्ला सदस्यमा मनोनितसमेत गरिएको छ । कार्यक्रममा सहभागी पार्टी मकवानपुर सभापति बुद्ध लामाले थिङलाई पार्टीको जिल्ला सदस्यमा मनोनयन गरिएको जानकारी गराए । 

लोकतान्त्रिक बाम गठबन्धनको शनिबार मनहरी ५ को बसन्तपुर र डिल्लीपुरमा आयोजित कोणसभाकाबीच एमाले नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । चुनाव प्रचारप्रसार समिति मनहरी ५ संयोजक गोविन्दप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नवप्रवेशी मनोनित जिल्ला सदस्य शुभराज थिङ, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेती, कांग्रेस मनहरी ५ का सभापति विष्णुप्रसाद उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

उम्मेदवार बानियाँले आइतबार नै वसन्तपुर डिल्लीपुर क्षेत्रका मतदाताहरु माझ मत माग्दै घरदैलासमेत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार