२८ कार्तिक, हेटौंडा । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जिल्लामा भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन तयार रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको फ्रि मिडिया नेटवर्कले आयोजना गरेको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उनले मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार रहेको बताएका हुन् ।
निर्वाचन आचारसंहिता पालनाको लागि अनुरोध गर्दै उनले आचारसंहिता उल्लंघनका घटनामा कारबाही समेत भैरहेको जानकारी दिए । मतदाता शिक्षा भने कमजोर भएको पाइएको निरौलाले जानकारी दिए ।
निर्वाचनका लागि २ हजार ९१२ जना कर्मचारी खटाइने भभएको छ । स्थायी र अस्थायी मतदान केन्द्र गरी ३६४ केन्द्रमा उनीहरु खटिनेछन् । मकवानपुरमा १६७ मतदान स्थल र ३६४ मतदान केन्द्र रहेको छ । निर्वाचनको लागि ३६६ मतदान अधिकृत खटिने उनले बताए । निरौलाका अनुसार प्रत्येक मतदान स्थलमा ११ जना सुरक्षाकर्मी खटिनेछन् ।
मतदानमा खटिने कर्मचारीको लागि विभिन्न तालिम तथा अनुशिक्षणको कार्यक्रम भैरहेको जानकारी दिइएको छ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चार माध्यमको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सहज सूचना संकलन र सम्प्रेषणका लागि प्रशासनले आवश्यक सहजीकरण गर्ने बताए ।
कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का लगायतको आतिथ्यता थियो । छलफलका सहभागी सञ्चारकर्मीले निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री हुनुपर्ने, मिडियालाई सहज वातावरणमा सूचना संकलन र सम्प्रेषणको वातावरण बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















