२८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले जनताको माझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक हात जोडेर मतदाताकोमा नआउने बताएका छन् ।
चुनावी कार्यक्रम अन्तर्गत हेटौंडा–७ मा भएको घरदैलो कार्यक्रममा उनले कांग्रेस नेतृत्वको गठबन्धनले झुटा आश्वासन, प्रलोभन र गर्नै नसकिने ठूल्ठूला भाषण मात्र नगर्ने बताएका हुन् ।
‘संविधान, लोकतन्त्र र मुलुक जोगाउन लागेका ५ वटा दल एकढिक्का भएर संविधान विरोधी, प्रतिगमनकारी शक्तिसंग चुनावी प्रतिस्पर्धामा छौं’, उनले भने, ‘हामी एमालेले जस्तो आश्वासन, प्रलोभन र झुटको नारा बाँड्दैनौं, जे सक्छौं, त्यो बोल्छौं, कार्यकालमा पूरा गरेरै छाड्छौं ।’ एमालेको नारा र आश्वासन झुटो सावित भैसकेको पराजुलीले बताए ।
५ बर्षको लागि प्राप्त जनादेशको अपमान गर्ने, बोलेको कुरा पूरा नगर्ने, सधैं भ्रम र झुट बोल्ने एमालेका उम्मेदवारलाई जनताले किन भोट दिने भन्दै प्रश्न गर्नुपर्ने सुझाव दिए । ‘फेरि पनि जनता झुक्याउन सकिन्छ कि भनेर अनेक आश्वासनको पोको लिएर आएका छन् ।
कुनै एजेण्डा नै नभएपछि गठबन्धन फुटाउन र गठबन्धनको विरुद्ध अफवाह फैलाउन लागेका छन’, पराजुलीले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो । गठबन्धनका नेता कार्यकर्ताहरु एकढिक्का भएर जिल्लाको ६ वटै सिटमा हाम्रा उम्मेदवार जिताउन लागेका छौं । भ्रमको पछि नलाग्नुहुन आम नेता कार्यकर्ता र जनतालाई अनुरोध गर्न चाहन्छु ।’
सधैं जनताको सुखदुःखमा साथै रहँदै आएको भन्दै उनले चुनाव पछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको समस्या, अवसर र सम्भावनाको बिषयमा आफू जानकार रहेको दावी गर्दै उनले सबैलाई समेटेर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपर्ने बताए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















