२८ कार्तिक,हेटौंडा। नेपाली कांग्रेसकी सहमहामन्त्री तथा लोकतान्त्रिक बाम गठबन्धनकी मकवानपुर क्षेत्र नम्बर-१ प्रतिनिधिसभाकी उम्मेदवार महालक्ष्मी उपाध्यायको योगदान मकवानपुरको गाम्रीण क्षेत्रको सडक निर्माण देखी विकट गाउँमा विद्युत लाइन विस्तार सम्मको कार्य भएको छ।
डिनाले २०६४ मा तत्कालिन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा जलस्रोत राज्यमन्त्री हुने अवसर पाएकी थिइन् । त्यस समय देशमा आएको राजनीतिक परिवर्तन पछि निवाृचन गराउने पर्ने मुख्य जिम्मेवारीसहित उनी मन्त्री बनेकी थिइन् । सो क्याविनेटको मुख्य भूमिका नै निर्वाचन सम्पन्न गर्ने थियो ।
करिब ७ महिना अवधि मात्र मन्त्री पद सम्हाल्ने अवसर पाएकी उनले मन्त्री पद सम्हाल्दा मुलुक लोडसेडिङको मारमा रुमलिएको थियो । चर्को लोडसेडिङका कारण अनताहरु आक्रान्त थिए । औद्योगिक वातारवरण अस्तव्यस्त थियो । जसले गर्दा मुलुकको अर्थतन्त्रमा नै निकै ठुलो असर देखा पर्न थालेको थियो ।
अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी उनले चर्को लोडसेडिङको मारबाट मुलुकलाई निकाल्न पहल गरेकी थिइन् । उनले सुरु गरेको उक्त पहलबाट आज देशमा लोडसेडिङ हटाउन सफल भएको छ।उनी मन्त्री हुँदाको बखत नै जलस्रोतमा धेरै विषय अवसर र सम्भावनाका बरेमा खाज अनुसन्धानहरु गरि नीतिगत रुपमा नै योजना बनाइन् र कार्यान्वयनको चरणमा पु¥याइन । आफू मन्त्री हुँदा हाइड्रोपावर क्षेत्रको विकासमा जे जति काम थालियो, अहिले देखिएको प्रगति त्यसैको उपजहरु भएको उनी बताउँछिन् । त्यतिबेला सुरु भएका योजना अहिले प्राप्त भइरहेको उनले बताइन् ।
विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय महालक्ष्मी उपाध्यायको राजनीति मार्फत समाज सेवामा लाग्ने उनी मन्त्री हुँदा राष्ट्रिय मात्र नभई मकवानपुरको स्थानीय समस्याहरुमा पनि थुप्रै कामहरु भएका थिए ।
उनी मन्त्री हुँदा खहरे खोला तथा राप्ती खोला नियन्त्रणको लागि खेलेको भूमिका निकै महत्वपूर्ण रहेको छ । मुलुक नै लोडसेडिङको चपेटामा रहेको अवस्थामा मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र पनि त्यसको मार खेप्न बाध्य थियो । त्यस समयमा सो औद्योगिक क्षेत्रका उद्योगहरु संचालन गरिरहन पाउने वातावरण निर्माणका लागि छुट्टै फिडर निर्माण गर्ने काम गरेकी थिइन् ।
मकवानपुरको मनहरी, राक्सिराङ हाडिखोला लगायतका क्षेत्रमा बिजुली बत्तिको पहुँच नहुँदा आम नागरिकहरु समस्या भोग्दै आइरहेका थिए । उनी मनत्री भएको समयमा नै सो क्षेत्रमा विद्युतिकरणको काम भएको थियो । उनी मनत्री हुँदा नै ग्रामिण भेगमा विद्युत महशुल शुल्क काउण्डर स्थापना गर्ने कामको थालनी गरेकी थिइन् । मकवानपुरको भीमफेदीमा रहेको विद्युत महशुल काउण्टर उनले नै स्थापना गराएकी थिइन् । जसले गर्दा सो क्षेत्रका नागरिकहरु घण्टौं लगाएर हेटौंडा बजार आइ लाइन लागेर बिजुली बत्तिको महशुल तिर्नुपर्ने बाध्यता हटेको थियो ।
उनी मन्त्री भएकै कारण अन्य मन्त्रालयबाट मकवानपरमा विभिन्न क्षेत्रको बजेट ल्याउनसमेत पहल गरेकी थिइन् । मनत्री हुँदाको समयमा नै उनको पहलबाट स्वास्थ्य क्षेत्रमा केही कामहरु भएका थिए । महिलाको स्वास्थ्य तथा सुत्करीहरुलाई खर्च दिने व्यवस्था गर्न पहल गरेकी थिइन् । सो सम्बन्धी कानुन नै निर्माण गरी सोही वर्षबाट सुरु भएको थियो । उनले मकवानपुरको भिमफेदी-७ कोगटे र ईपा जाने सडक निर्माणमा बजेटको पहल गरेकी भिमफेदी-७ का वर्तमान वडाअध्यक्ष मित्र बनाधु सिजालीले बताए।
आफूले मन्त्री हुँदा मकवानपुरको थुप्रै स्थानमा तटबन्धनका माग गरेको र अहिले मत माग्न घरघर जाँदै गर्दा त्यहाँका नागरिकहरु त्यसबारे स्मरण गराउँदै तपाईको कारण यस्तो काम भएको भनेर खुशि साट्न आउने गरेको उनको भनाई छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















