Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शान्तिपूर्ण निर्वाचन गराउनु सबैको भूमिकाः प्रजिअ पाण्डे

310640934_670086044706169-1668471986.jpg

२९ कार्तिक, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । 
सोमबार हेटौंडामा भएको निर्वाचन र मिथ्या सूचनाको चुनौती बिषयक अन्तरक्रियामा उनले जिल्लामा निष्पक्ष, शान्त, स्वतन्त्र र भयरहित निर्वाचन गराउन तयार रहेको बताएका हुन् ।
‘यो निर्वाचन हाम्रा लागि हो, हामीले चुन्ने जनप्रतिनिधिले हाम्रा लागि नीति नियम बनाउने र विकासका काम गर्ने हुन् भन्ने आम सर्वसाधारणले बुझ्न जरुरी छ’, प्रजिअ पाण्डेले भने, ‘यो आफ्नो प्रतिनिधि छान्ने निर्वाचन हो भन्ने जनतालाई बुझाउनु आवश्यक छ ।’  
निर्वाचनको समयमा सामाजिक सञ्जालमा आउने गलत समाचारले भ्रम छरिरहेको उनको प्रतिक्रिया थियो । निर्वाचन संवेदनशील विषय हो भन्ने बुझ्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 
‘सामाजिक सञ्जालमा आउने विभिन्न हेडलाइन भएका सामग्रीले पैसाको लागि भए नभएको कुरा लेख्ने प्रवृत्ति रहेको देखिन्छ । घटनालाई अतिरन्जित पार्ने क्रम पनि बढेको छ’, उनले थपे, ‘निर्वाचन शान्तिपूर्ण बनाउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण भूमिका छ । सामाजिक सञ्जालमा आउने सबै बिषय समाचार होइनन् र आधिकारिक होइनन् भन्ने बुझ्नुपर्ने देखियो ।’ 
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले निर्वाचनको समयमा धेरै मिथ्या सूचना आउने गरेको बताए । कार्यक्रमलाई सहजीकरण गर्दै पत्रकार दीपक अधिकारीले सामाजिक सञ्जालमा आएका सबै बिषयलाई समाचार भनेर बुझ्नु गलत हुने बताए । मिथ्या सूचना चिन्न जरुरी रहेको उनको सुझाव थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार