Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापाले मतदातालाई पनि धोका दिन्छः दिपक सिंह

311947658_509757431063324-1668472431.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपकबहादुर सिंहले आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिने कमल थापाले जनतालाई पनि धोका दिने आरोप लगाएका छन् । 
४६ बर्ष संगै रहेको आफूलाई लोप्पा खुवाउने राप्रपा नेपालका अध्यक्ष थापाले मतदातालाई पनि लोप्पा खुवाउने बताएका छन् । सोमबार पदमपोखरीमा भएको राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले कमल थापा विश्वास गर्न लायक नेता नभएको आरोप लगाएका हुन् । 
पार्टीको आन्तरिक चुनावमा हार व्यहोरेपछि पार्टी छोडेर पुरानो पार्टी ब्यूँताएको र फेरि चुनाव चिह्न तीर छोडेर एमालेको चुनाव चिह्नमा चुनाव उठ्ने थापाबाट जिल्लाको विकास सम्भव नभएको बताए । 
‘पदको लागि पार्टीको मूल्य मान्यतालाई बिर्सेर काम्रेड बन्न गएकाले जिल्लाको विकास गर्ला भनेर विश्वास गर्नु बेक्कार छ’, सिंहले भने । अहिलेको चुनावलाई लिएर राप्रपा नेपालका कार्यकर्ताहरु अन्यौलमा रहेको उनको भनाई थियो । पार्टीको अध्यक्षमा निर्वाचित जनजातिको छोरा राजेन्द्र लिङ्देनलाई स्वीकार्न नकेर एमालेको शरणमा जाने कमल थापालाई मकवानपुरका जनजाति समुदायले भोट हाले गलत हुने उनको भनाई थियो । 
पदमा रहँदा केही काम नगरेकाहरु अहिले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा आएको उनको आरोप थियो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेत्री मनिषा कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार