Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताको सेवा गर्न अमुल्य मत दिनोस्ः मोक्तान

Kumari-Moktan-Kattik-28-G-1668473051.jpg

२९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गरेकी छन्् । 
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी कोणसभा र घरदैलो अभियानमा उनले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा समर्पित हुनेमा ढुक्क हुन आग्रह गरिन् ।
‘यसअघि पाएको मतको कदर गर्दै तपाईहरुको गाउँटोलमा सक्दो धेरै विकास, निर्माणको काममा बजेट ल्याएकै थिए,’ उनले भनिन्, ‘मलाई फेरी मत दिनुस्, अझै धेरै विकास निर्माणको लागि बजेट ल्याउन र स्थानीय समस्या समाधान गर्न भुमिका खेल्नेछु ।’
चुनावका बेला भोट पाउँन झुटो कुरा र आश्वासन दिने धेरै रहेकाले सचेत रहनुपर्ने भन्दै उनले विकास, समृद्धी र सुशासनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरलाल रुम्बा, नेपाली काँग्रेस थाहा नगर सभापती प्रमोद जोशी लगायतले लोकतान्त्रिक बाम गठबन्धनको विकास, निर्माण तथा लोकप्रियता र जित निश्चित भएपछि अन्य पार्टी र उम्मेदवारले भ्रम फैलाउँन थालेकाले जनता सचेत भएर गठबन्धनलाई जिताउँनुपर्ने बताएका थिए ।
सोमबार थाहा नगरपालिका वडा नम्बर १ को खानीगाउँमा चुनाबी कोणसभा तथा थाहा ११ को क्यान्टिन डाँडा, भन्ज्याङडाँडा, मलागिरी, ठाडे, जाग दह, डाडीघाट र थाहा १२ को जगडाँडा, आदमारा लिति, नौखण्डे, दोबान खोला÷गैरीगाउँमा घरदैलो गरिएको थियो । 
घरदैलोको क्रममा स्थानीयवासीले स्वच्छ खानेपानी, पक्की सडक लगायतको भौतिक पूर्वाधारको माग गरेको नेकपा माओवादी केन्द्र थाहा नगरका सचिव लक्ष्मण विष्टले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार