मेरो नाम बिहव्ल पोखरेल हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित आदर्श पथमा बस्छु । म अहिले २७ वर्षको भएँ ।
२०७४ साल बैशाख २३ गते सवारी दुर्घटनामा परी मेरो मेरुदण्ड भाँच्चिएको थियो । दुर्घटनापछि मेरो राष्ट्रिय ट्रमा सेन्टरमा मेरुदण्डको अप्रेशन गरी स्टिल जडान गरियो । त्यसपछि मैले करिब ५ महिनासम्म काभ्रेको स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा मेरुदण्डको थेरापीसमेत गरेँ । उपचार गर्ने क्रममा मेरो १४ लाख जति पैसा सकियो । त्यसबेला मलाई ९ नम्बर वडाको कांग्रेस पार्टीले १ लाख उपचारको लागि सहयोग गरेको थियो । उपचार गर्दा पनि डाक्टरहरुले हिँडडुल गर्ने चान्स कमै रहेको भन्नु हुन्थ्यो । उहाँको त्यो कुरा सुन्दा म धेरै आत्तिएको थिएँ । घरमा आम्दनीको श्रोत त्यतिखेर बुबाको पेन्सन मात्र थियो । त्यसपछि घरमा सबैको आशा म माथि नै थियो । तर, त्यो दुर्घटनाले सबै सपना लथालिङ्ग बनाइदियो ।
पुरै नैराश्यताले घर गरेको मेरो मनमा एक्युपन्चर, थेरापी र आयुर्वेद पद्दतीले नयाँ आशा पलायो । तर, त्यसको लागि पनि पैसाको अभावले गर्दा गा¥है थियो । मेरो अवस्था र समस्यालाई देखेर ९ नम्बरका कांग्रेस नेता माधव आचार्यले ईन्द्र दाईसँग मेरो भेट गराइदिनुभयो । दाईले मेरो अवस्थालाई देखेर त्यतिखेर एक्युपन्चर, थेरापी र आयुर्वेद उपचारको लागि ५० हजार सहयोग गर्नुभयो । साथै निको भएर आएसी रोजगारी समेत दिने बचन दिनुभयो । अहिले म सामान्य हिँडडुल गर्नसक्छु । दाईले पनि बाचा गरे जस्तै नेपाली कांग्रेस बागमती प्रदेशको सचिवालयमा मलाई रोजगारी दिनुभयो । म सात महिनादेखि सचिवालयमा काम गरिरहेको छु । विगतका दिनहरु फर्किएर हेर्दा अहिले मलाई धेरै राम्रो छ । मेरो यो जीवन परिवर्तनमा ईन्द्र दाईको ठूलो भुमिका छ । उहाँलाई जति धन्यवाद दिउँ त्यति कम छ । थ्यांक यु ईन्द्र बानियाँ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















