२९ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुरका मकवानपुर क्षेत्र नम्बर २ (ख) स्तरीय आमसभाको तयारी गरेको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ ९ख० प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको जानकारी दिँदै सभामा प्रदेश क्षेत्रका ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतलाई निम्त्याउने तयारी भइरहेको पनि कालाखेतीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ ९ख० का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित भएको बताए । निर्वाचन तयारीको क्रममा आम नागरिकको घरदैलोमा पुगिरहेको भन्दै उनीहरुले गठबन्धनकै पक्षमा मतदान गर्नेमा विश्वस्त भएको बानियाँले बताए ।
‘बिगतको स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि मेरो क्षेत्रका ३० वटा वडामध्ये २३ वटा वडामा गठबन्धन दल विजयी भएको छ । सोही मतलाई आधार मान्दा पनि धेरै अन्तरमा हाम्रो जीत हुने सुनिश्चित भइसकेको छ ।’ बानियाँले भने ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, माओवादी नेता बीरबहादुर घलान –ज्वाला०, रेखा पुलामीलगायतकाको उपस्थिति रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















