Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँ: आत्मनिर्भर बन्न प्रेरणाको स्रोत

rojgari-cover-1668512639.jpg

२९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ सबैलाई गरिखाने बनाउन आफु राजनीतिमा आएको बताउने मात्रै हैन उनीहरुको जीवन गुजारा चलाउनको लागि क्षमता र योग्यताअनुसारको पेशा व्यवसाय र रोजगारीमा जोडिन प्रेरणा दिंदै सहयोग गर्दछन् । उनले आफ्नै उद्योग, कलकारखाना, निर्माण व्यवसाय तथा आफ्नै संघसंस्थामा गरी ५ हजार जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने स्वरोजगारका लागि ऋणदेखि अनुदानसम्ममा सहजीकरण गरेका छन् ।
व्यवसाय गर्छु भन्नेलाई बानियाँले ऋण लिन मद्धत गरिदिने र आफ्नो जिम्मा जमानीमा बिना धितोको ऋण समेत निकालिदिने गरेका छन् । उनले युवा पुस्तालाई व्यवसाय गर्न प्रेरणा दिने र युवा व्यवायीहरुलाई व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउने गरेका छन् । बानियाँले नेपाली कांग्रेसको ‘गरिखाने अभियान’ अन्तर्गत मकवानपुरको विकट राक्सिराङ, कैलाश, ईन्द्रसरोवरलगायत क्षेत्रका ५० परिवारलाई सहुलियत ब्याजमा बिना धितो ५ लाखसम्म ऋण उपलव्ध गराएका छन् । थप २०० परिवारलाई ऋणका लागि सहजिकरणको प्रक्रिया भइरहेको अभियानले जनाएको छ । रोजगारीका लागि विदेश पलायन हुन लागेका युवाहरुलाई स्वदेशमै केही गरुन् भन्ने उद्धेश्यले सो अभियान सञ्चालन गरिएको बानियाँले बताए । ऋण लिएकाहरुले घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, कृषि उद्यम, व्यूटीपार्लरलगायत क्षेत्रमा लगानी गरी आफुलाई स्वरोजगार बनाइरहेका छन् । बैदेशिक रोजगारीमा रहेर समस्यामा परेकाहरुलाई पनि बानियाँ उद्धार र पुर्नस्थापनाको काममा सहजिकरण गर्ने गर्दछन् ।
‘ईन्द्र बानियाँज्यूको सहयोग मकवानपुरवासीको लागि महत्वपूर्ण छ । उहाँकहाँ पुग्नेलाई उहाँले सहयोग गरेकै पाउँछु । कतै सिफारिस गरेर होस् या व्यक्तिगत रुपमा किन नहोस्, सहयोगको याचना गर्नेलाई उहाँले सहयोग गर्नुभएकै छ’–मकवानपुरगढी ४ का स्थानीय दुर्गाबहादुर खतिवडाले भने । मकवानपुरगढीकै राजकुमार गोले ईन्द्र बानियाँकै सहयोगमा स्थानीय एक सयभन्दा बढी परिवारको जीविकोपार्जन भएको बताउँछन् । ‘ईन्द्र दाईले यहाँका १ सय भन्दा बढी परिवारका सदस्यलाई रोजगारीसँग जोड्नुभएको छ । व्यवसाय गर्न चाहानेलाई आवश्यक वातावरण मिलाइदिनुभएको छ । युवाहरुलाई राजनीतिक अभियानमा प्रयोग गर्ने नभई उनीहरुलाई रोजगारीमा जोडेर सबल र सक्षम बनाउनुपर्छ भन्नेमा उहाँको विशेष चासो देख्छु’ गोलेले भने ।
हेटौंडा ६ का राजकुमार बास्तोला बानियाँकै सहयोगमा हेटौंडाका सयौँ युवाहरु यातायात व्यवसायसँग जोडिएको बताउँछन् । ‘ईन्द्र दाईले सयौँलाई यातायात व्यवसायमा आवद्ध गराउनुभएको छ । हाम्रो क्षेत्रका केही भाईबहिनीहरुलाई रोजगारीमा आवद्ध गराउनुभएको छ । वडा नम्वर ६ मा पूर्वाधार विकासको लागि उहाँले गरेको सहयोगको विषयमा त मैले भनिरहनै पर्दैन सबैलाई जानकारी नै छ ।’ बास्तोलाले भने, ‘ईन्द्र दाई त हाम्रो आशा र भरोसाको केन्द्र हुनुहुन्छ ।’
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने नबिता सापकोटा डेढ बर्षअघि ईन्द्र बानियाँको निजी कम्पनीमा जोडिएकी छन् । उनी मकवानपुर बहुमुखी क्याम्पसमा वाणिज्य विषय लिई स्नातक तह चौथो बर्षमा अध्ययनरत छन् । ‘एकदिन फेसबुक चलाउँदै गर्दा ईन्द्र दाईको भाषणको भिडियो आयो । त्यसमा उहाँले हरेक युवालाई शिक्षासँगै रोजगारीमा पनि जोड्नुपर्ने भनेको कुराले म निकै प्रभावित भएँ ।’ उनले भनिन् ‘पछि उहाँकै कर्मचारीमार्फत रोजगारी दिन आग्रह गरेँ । उहाँले मलाई जागिर दिनुभयो । जसले मलाई पढाई खर्चका साथै घर परिवारमा सहयोग पुगेको छ ।’
प्रमोद कुमार कार्की विगत ३ बर्षदेखि आफ्नो श्रीमती अन्जु गौतम र छोरीसँग आवासीय सुविधासहित हेटौंडाको एक उद्योगमा रोजगारी गर्छन् । अपांगता भएकी श्रीमति र आफु दुबै बानियाँकै कारण स्वरोजगारमा जोडिन पाएकोमा खुशी हुँदै उनले भने–‘उहाँले गर्दा मैले यो रोजगारी पाएको छु, आवासीय सुविधा पनि छ, यसले मलाई जीवन चलाउन निकै सहज भएको छ ।’ कार्कीले भने ।
बानियाँलाई चिन्नेहरु बानियाँसंग सहयोगका लागि पुगेकाहरुको समस्याको समाधान उनले जुनकुनै तरिकाबाट गरी पठाउने बताउँछन् । आफ्ना समस्या बानियाँ समक्ष राखेपछि रित्तै फर्कनुपर्दैन भन्ने मकवानपुर मात्रै नभई अन्यत्र पनि सर्वसाधारण चर्चा गर्छन् । उनै गर्छन पनि त्यस्तै, समस्यामा परेकालाई सहयोग गर्दा उनी कुनै दलगत चश्माले नहेरि समस्या समाधान गरिदिन्छन् । उनी अहिले मकवानपुर क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार