Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

डोरमणि पौडेलको वडाका सयौं युवाले रोजे एकीकृत समाजवादी 

party-prabesh-news-photo-1668516426.jpg

२९ कार्तिक, हेटौंडा । मुख्यमन्त्री समेत भएका एमाले नेता डोरमणि पौडेलको वडाका युवाहरु नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । स्थानीय तहको चुनावमा एमालेसंग विद्रोह गरी स्वतन्त्र चुनावी अभियानमा होमिएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का युवाहरु आज मंगलबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एमालेसंग विद्रोह गरी स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानमा सक्रिय भई मन जिन्त सफल युवाहरुलाई आफ्नै पार्टी कार्यालयमा एकीकृत समाजवादीले आज अविर तथा खादासहित स्वागत गरेको हो ।  एमालेको भातृ संगठन युवा संघको मकवानपुर जिल्ला सदस्य सोविन उप्रेती, सुमन बर्तौला लगायत युवाहरुको टोली नेकपा एकीकृत समाजवादीमा आबद्घ भएका हुन् ।
यस्तै, राजेश बर्तौला, हिमाल बर्तौला, समीर बर्तौला, सुमीत बर्तौला, गणेश पण्डित, निरञ्जन बर्तौला, मनोज गुबाजु, विनेश भण्डारी, विष्णु सञ्जेल, प्रकाश सञ्जेल लगायत संयौंको संख्याका युवालाई पार्टीका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज सूर्यचन्द्र न्यौपाने, केन्द्रिय सदस्य एवम् सह इन्चार्ज मुनु सिग्देल लगायतले स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवम् सहइन्चार्ज न्यौपानेले एमाले अध्यक्ष केपी ओलीको गतिविधी राजाको जस्तो हुन थालेको टिप्पणी गरे । ‘एमालेले कुनै हालतमा जनपक्षीय काम गर्दैन ।’ न्यौपानेले भने, ‘कमल थापालाई सूर्य चिन्ह बिक्री गर्ने ओली राजाजस्तो भूमिकामा छन् । उनको व्यवहार कम्युनिष्टसंग मेल खादैन ।’ अब एमालेलाई जिताउन थालियो भने फेरि देशमा दुःख सुरु हुने भएकाले बिर्सिएर पनि एमालेमा मत जान नहुने न्यौपानेको तर्क छ । उनले हेटौंडा ११ मा डोरमणि पौडेलको अत्याचारले आजित भएकाहरुको विद्रोहले कम्युनिष्ट आन्दोलन तथा परिर्वतनका लागि सघाउ पुग्ने अपेक्षा पनि व्यक्त गरे ।
यस्तै, पार्टी केन्द्रिय सदस्य एवम् मकवानपुर सह इन्चार्ज सिग्देलले ओलीले पार्टीलाई मुठ्ठीमा लिएर कम्युनिष्ट चरित्र खत्तम गरेकाले त्यस्तो पार्टीबाट आफूहरुले विद्रोह गर्नुपरेको बताइन् । ‘कम्युनिट आन्दोलन बचाउनका लागि आफैंले दुःख गरेर निर्माण गरेको पार्टीबाट विद्रोह गरी नयाँ पार्टी बनाइएको हो ।’ उनले भनिन्,‘ संविधान जोगाउन र प्रतिगमन परास्त गर्नका लागि हामी अहिले गठबन्धनमा छौं ।’ नेतृ सिग्देलले युवाहरुलाई उचित अवसर प्रदान गरिनुपर्ने तर्क गर्दै पार्टीले युवाका योजना बनाई अगाडी बढ्ने बताइन् ।    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार