फाइल फोटो
२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेकपा एमालेले जितेमा फेरि संसद् विघटन र संविधानमाथि प्रहार हुने बताएकी छिन् । निर्वाचन केन्द्रीत कार्यक्रम अन्तर्गत हेटौंडा ८ मा भएको घरदैलो कार्यक्रममा उनले जनमतको सम्मान गर्न नसक्ने पार्टीलाई फेरि मत दिन बेक्कार हुने बताइन्।
जनताको अधिकारका लागि बनेको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार समेत नभएको डिनाको भनाई रहेको थियो । मंसिर ४ को निर्वाचन संविधान पक्षधर र संविधान नमान्ने प्रतिगामीको बीचमा हुन लागेको उनले बताइन् । ‘संविधान निर्माणको क्रममा हस्ताक्षरै नगर्ने र संविधान नमान्ने, संसद् विघटन गर्ने र सधैं जनतालाई झुटो आश्वासन, नारा दिनेहरु एक भएका छन् । संविधान पक्षधर शक्तिहरु कांग्रेसको नेतृत्वमा गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा छौं’, उनले भने, ‘मुलुकको विकास र समृद्धि चाहने हामीले प्रतिगामी तत्वसंग प्रतिस्पर्धा गरिरहेका छौं । गठबन्धनको जित सुनिश्चित छ ।’ संविधान र व्यवस्था नै नमान्ने कमल थापा र दीपक सिंहहरु अहिले जनताकोमा आएर अनेक आश्वासन र प्रलोभन दिइरहेको उनको भनाई थियो । जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्नेहरुलाई मत हराएर ठेगान लगाउने बेला आएको उनले बताइन् । डिनाले आफू विजयी भए मकवानपुरका लागि राष्ट्रिय बजेट ल्याएर समृद्ध र विकसित मकवानपुर बनाउने अभियानमा लाग्ने बताइन् । समानुपातिकबाट सहजै प्राप्त सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचनमा होमिन आएको जानकारी दिँदै उनले जनताको हर सुखदुःखमा साथौ रहने प्रतिबद्धता जनाएकी छिन् । गठबन्धन र कांग्रेसको पक्षमा माहौल देखेर विपक्षीहरु बर्बराउन थालेको उनको भनाई थियो । गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गर्दै उनले मतान्तर बढाउन र मंसिर ४ गतेसम्म कुर्न अनुरोध गरिन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















