Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मतदाताको मतको सम्मान गर्छु:पराजुली

Aandaram-1668518523.jpg

फाइल फोटो

२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको मतको सम्मान गर्दै मतदाताको शिर निहुरिने काम नगर्ने उदघोष गरेका छन् । 

चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले जनताको मतको सधैं सम्मान गर्दै जनताकै चाहना बमोजिम साझा भएर अघि बढ्ने प्रतिबद्धता रहने जनाएका हुन् ।

‘म बर्षौंदेखि जनताको साथमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएको छु । मकवानपुरबासीलाई परेको समस्यामा सकेसम्म साथै छु’, उनले भने, ‘राजनीतिलाई सेवा बनाएर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपरेको छु । यहाँको सम्भावना देखेको छु, विकासको योजना बनाएको छु ।’ मकवानपुर प्रदेश राजधानी भएपनि यहाँको भौतिक पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारसंगको समन्वयमा केन्द्र सरकारबाट बजेट ल्याएर काम गर्ने योजना रहेको सुनाए । यसअघि जितेर गएकाहरु मतदाताकोमा फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले गठबन्धन दलका उम्मेदवारले यस्तो गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता जनाए । यसअघि पटक पटक जितेको एमालेले देखिने काम केही गर्न नसकेको पराजुलीको भनाई थियो । ‘पटक पटक जितेर पनि केही कामै नगरेका एमालेका साथीहरु फेरि प्रलोभन र आश्वासनको पोको लिएर जनता झुक्याउन आएका छन् । कुनै योजना नै नभएपछि गठबन्धनको विरुद्ध अनेक अफवाह फैलाइरहेका छन्’, पराजुलीले भने, ‘नेपाली जनताले अब सबै कुरा बुझिसकेका छन् । जनमतको अपमान गर्ने एमालेलाई भोट दिनेछैनन् ।’ निर्वाचन पश्चात पनि सबैको साझा भएर जनताकै माझ रहेर काम गर्ने उनले प्रतिबद्धता जनाएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार