Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

छुट्टाछुट्टै घटनामा मकवानपुरमा ६ जनाको मृत्यु

Khukuri-prahar-1510668353.jpg

अपडेट – २८ कार्तिक, हेटौँडा । मकवानपुरमा आज भएका छुट्टाछुटुटै घटानमा ६ जनाको मृत्यु भएको छ । एक युवाले आज (मंगलबार) साँझ ६ बजे अन्धधुन्द खुकुरी प्रहार गर्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनामा ३ जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षिया सुमन बराईलीले खुकुरी प्रहार गर्दा उनका छिमेकी मनहरी ७ विजौनाका ५२ वर्षिय सिताराम धिताल, उनका १६ वर्षका छोरा सुदन धिताल र ६५ वर्षका अर्का छिमेकी जित बहादुर भ्लोनको मृत्यु भएको हो । 
खुकुरी प्रहारबाट घाईते भएका सिताराम धितालको मनहरी हेल्थपोष्ट उपचारकोक्रममा मृत्यु भएको हो । घटनामा घाईते अन्य दुईजनाको थप उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए । 
यस्तै आजै (मंगलबार)साँझ त्रिभुवन राजपथको सामरी सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्युभएको छ । दुर्घटनामा पैदलयात्री हेटौंडा उपमहानगरपलिका १४ बस्ने १५बर्षीय आकास लोप्चनको मृत्यु भएको हो । उनलाई ना ६ ख १०५१ नम्बरको ट्याक्टरलाई सामरी पुलमा ठक्कर दिँँएको प्रहरीले जनाएको छ । 
यसैगरी आज (मंगलबार) नै दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा  ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा  २ जनाको ज्यान गएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नंम्बरको ट्रिफरले विपरित दिसाबाट आईरहेको ना ३३ प ८६४७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार  गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र मोटरसाईकलमा पछाडि बसेकी सोही नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिकको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
चालक जिसीको घटनास्थलमै र पछाडि बसेकी २३ बर्षिय पुनम बिकको  चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीप झाले बताउनुभयो ।

फोटोः पत्रकार शिवकुमार काशीको फेसबुकबाट
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार