Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यस्तो छ ईन्द्र बानियाँको राजनीतिक उडान

Screenshot_20221116-17072-1668597974.jpg

३० कार्तिक, हेटौंडा । ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।   त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए ।

३५ वर्षअघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील बानियाँ पार्टीको जिल्लाको नेतृत्व सम्हाल्दै हाल बागमती प्रदेश सभापति छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बानियाँले त्यतिबेला जित निकाल्न सकेनन् । मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । 

मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका थिए । २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष भई राजनीतिक यात्रालाई निरन्तरता दिएका थिए । २०५६ सालमा पार्टीको महासमिति सदस्य भएका बानियाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भएका थिए । 

२०७० सालको संविधानसभा सदस्यमा निर्वाचित बानियाँ २०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा पनि निर्वाचित भए । उनी २०७४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए । २०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र १ को (ख) बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भई ५ वर्षे कार्यकाल पूरा गरे । 

मकवानपुरमा कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बानियाँ २०७८ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको दावेदार मानिएको छ । 

कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बानियाँसँग नेकपा एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई मुख्य प्रतिष्पर्धीको रुपमा हेरिएको छ । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

यस्तो छ चुनावी आँकडा

२०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई पराजित गरेका बानियाँलाई यसपटक भने स्याङ्तानसहित उनको पार्टी एकीकृत समाजवादीसहितको साथ छ । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई कांग्रेसका उम्मेदवार बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए । 

२०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएका थिए । मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका यस निर्वाचन क्षेत्रमा समेटिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७÷७ वटा वडामा विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्र्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । 

स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामको आँकडा हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि देखिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार