१ मंसिर, हेटौंडा । मकवानपुरमा महिला शसक्तिकरणको एक अभियान्ता महालक्ष्मी उपाध्याय डिनाको कारण यतिबेला महिलाहरु उत्साहित बनिरहेका छन् ।
डिनाले सत्तारुढ गठबन्धनको तर्फबाट मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर–१ मा प्रत्यक्ष उम्मेदवारी दिएका छिन् । २०४८ सालदेखी नेपालको राजनीतिमा महिलाहरुलाई प्रत्यक्ष उम्मेदवार बन्नुपर्छ भनेर उदाहरण बन्दै आएकी डिनाको आसन्न निर्वाचनको उम्मेदवारीले मकवानपुरको महिलाहरु उत्साहित बनेका हुन् । मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रौढ शिक्षाको अभियान चलाएकी डिनाले महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा शसक्त बनाउन सहकारी अभियान पनि चलाईन् ।
नेपालको संविधान २०७२ मा महिला,आदिवासी,जनजाती र दलितहरुको हक अधिकार सुनिश्चित गर्न सफल भएकी उनी आफू महिला भएकै कारण कुनैपनि कुरामा कहिल्यै पछि परिनन् । ०४८,०५१ र २०७४ मा प्रत्यक्ष रुपमा निर्वाचनमा होमिएकी उनी आसन्न निर्वाचनमा पनि समानुपातिकतर्फको सांसद पद त्यागेर प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । डिना आसन्न निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने ४ जना महिलाहरुमध्येको एक हुन् भने मकवानपुरमा उनी एक मात्रै प्रतिनिधिसभाको महिला उम्मेदवार हो ।
‘हामि अझैपनि महिलाले राजनीति गर्ने विषयमा धेरैपटक सोचिरहेका हुन्छौ । यस्तो समाजमा उहाँले निरन्तर रुपमा जुन साहसको साथ प्रत्यक्ष रुपमा चुनावमा होमिनु भएको छ । यो हामि सबै महिलाहरुको लागि गर्वको कुरा हो’,हेटौंडा–९ कि सुस्मिता पाण्डे भन्छिन् । डिनाले महिलाहरुको शसक्तिकरणको लागि विगतमा खेलेको भुमिका र महिलाहरुलाई राजनीतिमा प्रोत्साहन गर्न दिएको उम्मेदवारीले आफूलाई हौसला मिलेको उनको भनाई छ ।
‘डिना दिदिले पहिला पनि हामिलाई विभिन्न तालिम दिनु भएको छ । त्यहि तालिम सिकेर हामिले घरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिरहेका छौ । त्यस्तो मान्छेले चुनाव जितेर जानुभयो भने त भोली हाम्रो जिल्लाको सबैजनालाई राम्रो हुन्छ’,हेटौंडा–१५ कि अनुशा गोलेले भनिन् । उनले डिना मकवानपुरको मात्रै नभई नेपालभरिको महिलाहरुको लागि प्रेरणाको स्रोत रहेको बताइन् । डिनाको कारण आफूलाई मैले पनि केहि गर्न सक्नु भन्ने आत्मविश्वास बढेको उनको भनाई छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















