१ मंसिर, हेटौंडा । मकवानपुरमा महिला शसक्तिकरणको एक अभियान्ता महालक्ष्मी उपाध्याय डिनाको कारण यतिबेला महिलाहरु उत्साहित बनिरहेका छन् ।
डिनाले सत्तारुढ गठबन्धनको तर्फबाट मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर–१ मा प्रत्यक्ष उम्मेदवारी दिएका छिन् । २०४८ सालदेखी नेपालको राजनीतिमा महिलाहरुलाई प्रत्यक्ष उम्मेदवार बन्नुपर्छ भनेर उदाहरण बन्दै आएकी डिनाको आसन्न निर्वाचनको उम्मेदवारीले मकवानपुरको महिलाहरु उत्साहित बनेका हुन् । मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रौढ शिक्षाको अभियान चलाएकी डिनाले महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा शसक्त बनाउन सहकारी अभियान पनि चलाईन् ।
नेपालको संविधान २०७२ मा महिला,आदिवासी,जनजाती र दलितहरुको हक अधिकार सुनिश्चित गर्न सफल भएकी उनी आफू महिला भएकै कारण कुनैपनि कुरामा कहिल्यै पछि परिनन् । ०४८,०५१ र २०७४ मा प्रत्यक्ष रुपमा निर्वाचनमा होमिएकी उनी आसन्न निर्वाचनमा पनि समानुपातिकतर्फको सांसद पद त्यागेर प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । डिना आसन्न निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने ४ जना महिलाहरुमध्येको एक हुन् भने मकवानपुरमा उनी एक मात्रै प्रतिनिधिसभाको महिला उम्मेदवार हो ।
‘हामि अझैपनि महिलाले राजनीति गर्ने विषयमा धेरैपटक सोचिरहेका हुन्छौ । यस्तो समाजमा उहाँले निरन्तर रुपमा जुन साहसको साथ प्रत्यक्ष रुपमा चुनावमा होमिनु भएको छ । यो हामि सबै महिलाहरुको लागि गर्वको कुरा हो’,हेटौंडा–९ कि सुस्मिता पाण्डे भन्छिन् । डिनाले महिलाहरुको शसक्तिकरणको लागि विगतमा खेलेको भुमिका र महिलाहरुलाई राजनीतिमा प्रोत्साहन गर्न दिएको उम्मेदवारीले आफूलाई हौसला मिलेको उनको भनाई छ ।
‘डिना दिदिले पहिला पनि हामिलाई विभिन्न तालिम दिनु भएको छ । त्यहि तालिम सिकेर हामिले घरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिरहेका छौ । त्यस्तो मान्छेले चुनाव जितेर जानुभयो भने त भोली हाम्रो जिल्लाको सबैजनालाई राम्रो हुन्छ’,हेटौंडा–१५ कि अनुशा गोलेले भनिन् । उनले डिना मकवानपुरको मात्रै नभई नेपालभरिको महिलाहरुको लागि प्रेरणाको स्रोत रहेको बताइन् । डिनाको कारण आफूलाई मैले पनि केहि गर्न सक्नु भन्ने आत्मविश्वास बढेको उनको भनाई छ ।
२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको भिमफेदी-८ गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते...
२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...
२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...
२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...
२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...
२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...
२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...
१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...
१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...