मकवानपुर क्षेत्र नम्बर २ (ख) को चुनावी मैदानमा छन्, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ । यसअघि पनि गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी बागमती प्रदेशसहित आफ्नो भुगोलमा विकासको एजेण्डा बोकेर चुनावी अभियानमा छन् । ५ बर्ष नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको अनुभव बटुलिसकेका बानियाँलाई भावी मूख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको छ । चुनावी अभियान, विकासको अवधारणा लोकतान्त्रिक बाम गठबन्धनको औचित्य र आवश्यकता लगायतको विषयमा इन्द्रबहादुर बानियाँसंग गरिएको कुराकानी:
दुई साता लामो घरदैलो अभियानको समापन गर्नुभएको छ, मतदाताको अपेक्षा के छ ?
उत्साहजनक ढंगले चुनावी घरदैलो र मतदाता भेटघाट अभियानलाई सम्पन्न गरिएको छ । यो अवधीमा मतदाताहरुले देखाउनु भएको माया र सदभावले मलाई थप उर्जा थपेको छ । यसका लागि म उहाँहरुप्रति आभार व्यक्त गर्दछु । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका र हेटौंडाको वडा नम्बर ३ र १९ का मेरा मतदाता र शुभेच्छुकहरुले चुनावी अभियानमा देखाउनु भएको उत्साहको म उत्च सम्मान गर्न चाहन्छु । गठबन्धनका सहयात्री दलका सबै तहका नेता कार्यकर्ताको उत्तिकै सहभागिता रह्यो । म प्रति जनताको आशा, भरोसा र विश्वास जोडिएको छ । स्थानीयस्तरमा आफैं पनि सर्र्वसाधारणले मेरो पक्षमा मत मागरिरहनु भएको पाएँ, त्यसले पनि म प्रतिको उहाँहरुको विश्वास र समर्थन दर्शाउँछ । आम मतदाताको आत्मविश्वास नै मेरो अमूल्य सम्पत्ति हो, त्यसैले आगामी निर्वाचनमा मेरो पक्षमा मतदाताले मत खसाल्नेमा म ढुक्क छु । अभियानका क्रममा देखाउनु भएको उत्साहलाई मतमा बदल्न सबैलाई आग्रह गर्दछु ।
तपाईको निर्वाचन क्षेत्रका मुद्धाहरुलाई कसरी चुनावी अभियानका क्रममा सम्बोधन गर्नुभयो ?
मैले मेरो निर्वाचन क्षेत्रका मतदाताहरुका समस्यालाई मिहिन ढंगले जानकारी लिएको छु । मतदाताहरुले चुनावी अभियानका क्रममा उहाँहरुले केही समस्या र सुझाव राख्नु भएको छ । उहाँहरुको विशेष चासो पूर्वाधार विकास र आर्थिक सुधार नै हो । यस क्षेत्रको जीवनस्तर सुधारका लागि विकासका पूर्वाधारहरु सडक, खानेपानी, शैक्षिक संरचनासहित आयआर्जनमार्फत आयस्तर बृद्धिका मुद्धा नै मेरो मुल मुद्धा हो भन्ने उहाँहरुलाई बुझाएको छु । त्यस क्षेत्रको बाह्रै महिना यातायात संचालन हुने सडक, शिक्षामा गुणस्तरीय पूर्वाधार र जनशक्तिको व्यवस्था, स्वास्थ्यमा सहज पहुँच, विपन्न परिवारको निःशुल्क विमा, स्थानीय स्तरमै रोजगारी र स्वरोजगार हुने अवसर लगायतका विषयमा हामीले त्यस क्षेत्रका मतदातामाझ प्रतिबद्धता जनाएको छु । पूव मूख्यमन्त्री डोरमणि पौडेलले बन्नै सक्दैन भनेको परेवाभिरमा हामीले सडक बनाएर यातायात संचालन भएको छ, त्यसलाई कालोपत्रे गर्ने काम गर्ने प्रतिवद्धता जनाएको छु । विभिन्न खोला र खहरेमा पुल निर्माणको आवश्यकता छ, त्यसको काम अघि बढाउने मतदाताहरुमाझ प्रष्ट राखेको छु । मेरो क्षेत्र भएर छिमेकी जिल्ला जोड्ने सडक निमार्णको विषयमा उहाँहरुलाई अवगत गराएको छु । समग्रमा भन्दा उहाँहरुका समस्या बुझ्ने र सुझाव लिने यसका साथै आफ्ना योजना उहाँहरुलाइृ जानकारी दिने काम भएको छ ।
गाँजालाई बैधानिकता गर्ने कुरा गर्नुभएको छ नि ?
मकवानपुरको पश्चिमी भेग गाँजा खेती हुन्छ भन्ने थाहै छ । राज्यले यसलाई गैरकानूनी कार्यको रुपमा मानेको छ । तर पछिल्लो समय विश्व स्वास्थ्य संगठनले यसलाई औषधीजन्य वनस्पतिको रुपमा लिईसकेको छ । नेपालमा भने यसलाई कानूनी रुपमै अवैध मान्नुको औचित्य अब सकियो । यसलाई खुला छोड्नुपर्छ भन्ने होइन तर, बैधानिक गरी व्यवस्थित खेती गरेर औषधिको रुपमा प्रयोग गर्न विदेश निर्यात गर्नुपर्छ ।
गाँजा बैधानिकता गर्न कानून निर्माण गर्न हामी लाग्नेछौं । जीविकोपार्जनका लागि गाँजा ओसारपसार गर्दा त्यस भेगका धेरै नागरिक कारागारमा पुगेका छन् । त्यस क्षेत्रमा भुगोलमा अन्य खेती समेत राम्रो नहुँदा जीविकोपार्जन गर्नका लागि गाँजा खेति गर्ने किसान र ओसारपसारमा संलग्न सोझा नागरिक जेल पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा छ । कानूनी ढंगबाटै यसको निरुपणका लागि हाम्रो पहल हुन्छ ।
तर गाँजालाई बैधानिक गर्ने भन्दैमा किराना पसल, पान पसल, तरकारी पसलमा पाइने अन्य सामग्री झैं गाँजाको बिक्री वितरण सहज भने हुँदैन । यसलाई राज्यको निगरानीमा व्यवस्थित खेती गर्दै औषधीजन्य प्रयोजनका लागि स्वदेशमा प्रशोधन गरी विदेश निर्यात गरेर बैदेशिक मुद्रा आर्जन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । गाँजा खेती मात्रै हैन यस क्षेत्रमा अन्य नगदेबालीमा हाम्रो निरन्तर जोड रहनेछ र यसको राज्यबाट नीतिगत सहयोग जुटाईनेछ । हाम्रो मूख्य चासो त्यस क्षेत्रका नागरिकलाई आर्थिक समृद्धिसंग जोड्ने हो, यो हाम्रो प्राथमिकतामा रहनेछ ।
दोस्रो पटक पनि तपाईलाइ मतदाताले मतदान गर्नुपर्ने कारण के छ ?
जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म जनताको सेवाका लागि राजनीतिमा आएको हुँ, त्यो मेरो विगतदेखि वर्तमानसम्मको कर्मले देखाउँछ । म सधैं जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु , राज्यस्तरबाट हुन नसकेको अवस्थामा आफ्नो नीजि लगानीमा पनि काम गरेको छु । कोरोनाको समयमा मैले त्यस भेगका विपन्न समुदायको चुल्हो बन्द हुन नदिन दैनिक उपभोग्य सामग्री लिएर गएको छु । जाडोमा समस्या नहोस् भनेर सिरक र न्यानो कपडा लिएर पुगेको छु । यो सबै मेरा आदरणीय मतदाताले देख्नु भएको छ । अहिले गठबन्धनको समेत साथ रहेको छ । जनताको व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकोले पनि मेरा मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ, म पनि उहाँको निरन्तर सेवाका लागि प्रतिवद्ध छु ।
मंसिर ४ गते मतदान गर्न तयार रहनु भएका मतदातालाई तपाईको आग्रह के छ ?
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि म सम्पूर्ण मतदाताहरुमा आग्रह गर्न चाहन्छु । निर्वाचन सम्पन्न गराउन सहयोग गर्नु हामी सबैको दायित्व पनि हो । मतदानमा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीहरुलाई म ढुक्क भएर मतदान सम्पन्न गर्नेतर्र्फ लाग्नु होला भन्ने सुझाव दिन चाहन्छु । मतदान आत्मदान भएकाले सही व्यक्तिको छनौट यहाँहरुले अवश्य गर्नुहुनेछ । अहिलेको मतदानले ५ बर्ष र त्यसपछिसम्मका लागि कस्तो नीति, कस्तो नेतृत्व र कस्तो विकासको मोड अघि बढ्छ भन्ने तय हुने भएकाले विवेकपूर्ण ढंगले मतदानका लागि मेरो विनम्र अनुरोध छ । म मेरा आदरणीय मतदाताहरुलाई विगतमा गरेको काम र मैले अघि बढाएको विकासको एजेण्डा अनुसार समग्र बागमती प्रदेश र मकवानपुर क्षेत्र नम्बर २ (ख) को विकासका लागि आफ्नो अमूल्य मतको लागि अपिल गर्दछु । म यहाँहरुको सेवकको रुपमा रहनेछु ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...