१ मंसिर, हेटौंडा । आजराति १२ बजेबाट मौन अवधि सुरु हुनेभएपछि राजनितिक दल तथा उम्मेदवारहरुले अन्तिम प्रयास स्वरुप शक्ति प्रदर्शनसँगै घरदैलो र कार्यकता भेटघाटलाई निरन्तरता दिएका छन् । निर्वाचन आयोगले आजराति १२ बजेबाट कुनैपनि दल वा उम्मेदवारका पक्षमा मत माग्ने कुनैपनि गतिविधि नगर्न सचेत गराईसकेको छ।आज मकवानपुरमा सत्ता गठबन्धन, नेकपा एमाले लगाएत स्वतन्त्र उम्मेदवारहरुले समेत जिल्लाका विभिन्न स्थानमा याली, जुलुश। सभा गरेर शक्ति प्रर्दशन गरेका छन् ।
यसैबीच सत्ता गठबन्धनले मकवापनुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को हेटौंडामा र्याली सहित शक्ति प्रर्दशन गरेको छ भने प्रतिनिधि सभा क्षेत्र नम्बर २ को मनहरीमा आमसभाको आयोजना गरेको छ ।
सत्ता गठबन्धनले हेटौंडा २ स्थित पल्पसा सदनबाट सुरु गरेको र्यालीले हेटौंडा बजारको विभिन्न भागको परिक्रमा गरेको थियो।र्यालीमा नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, प्रदेश सभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुली लगायत गठबन्धनका संघ र प्रदेशका समानुपातिक उम्मेदवार,नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगाएत गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
यस्तै गठबन्धनले र्यालीको समापनपछि नगरका विभिन्न वडाहरुमा घरदैलोका साथै कोण सभा समेत गरेको छ। गठबन्धनका उम्मेदवारले हेटौंडा-७ मा पनि शक्ति प्रदर्शन गरेको छ। हेटौंडा-७ को विभिन्न टोलको परिक्रमा गरेर न्युरेनी चिसापानीमा कोणसभा भएको थियो। कोणसभालाई प्रदेशसभा सदस्यका उम्मेदवार पराजुलीले गठबन्धनलाई अमुल्य मत दिन आग्रह गरेका थिए।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

















