१ मंसिर, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ९ख० का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरुले ध्यान दिने प्रतिवद्धता जनाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको बिहीबार मनहरीमा भएको प्रदेश क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको सरकार बनेपछि विकट क्षेत्रमा सडक, खानेपानी, बिजुली विस्तार जस्ता काममा तीव्रता दिइने बताएका हुन् ।
‘मुलुक संघीयतामा गइसकेपछि बनेका स्थानीय तहहरुले धेरै राम्रा कामहरु गरेका छन्, विकट गाउँको टोल टोलमा सडक पुगेको छ, बिजुली, खानेपानीलगायतको विकास भएको छ ।’ बानियाँले भने–‘हामी अब विकटलाई निकट बनाउने अभियानमा छौं । हरेक वडालाई पालिका कार्यालयसम्म र हरेक पालिकालाई राष्ट्रिय राजमार्गसम्म जोड्न हामी दत्तचित्त भएर लाग्छौं ।’
लामो संघर्षपछि प्राप्त वर्तमान व्यवस्थाकै कारण गाउँगाउँमा बाटो, पानी, बिजुलीको सुविधा पुगेको स्मरण गर्दै बानियाँले यही व्यवस्थाई सक्याउन एमाले र त्यसका अध्यक्ष केपी ओली लागेको भन्दै अब जनताले त्यस्तो पार्टीलाई चिनिसकेको बताए । गठबन्धनले जित्दा मुलुकले नै जित्ने र हार्दा मुलुक हार्ने उनको तर्क थियो । ‘विगतमा एमालेको तीनै तहको सरकार हुँदा केही काम भएनन् । ओली र उनका मान्छेहरुले खाली हावा गफ मात्र गरे, काम गरेनन् ।’ बानियाँले भने–‘यो कुरा जनताले बुझेर विगतको स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षमा जनता उर्लिए । अबको निर्वाचनमा पनि गठबन्धनको जीत सुनिश्चित भएको छ ।’
आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको उदाहरण दिँदै बानियाँले विगतमा एमालेले जितेका सबै स्थानीय तह अहिले कांग्रेस र माओवादीमय बनेको बताए । विपन्न वर्गको निशुल्क स्वास्थ्य बिमा, निशुल्क शिक्षा र विपन्नलाई आवास अबको निर्वाचनपछि बन्ने सरकारको पहिलो प्राथमिकता हुने बानियाँले बताए । ‘अबको लडाई भनेको व्यवस्था परिवर्तन गर्नु हो । गरिबलाई आय, गरिबलाई न्याय हाम्रो प्राथमिकता हुनेछ । उपचार गर्न नसकेर कोही मर्न नपरोस् भनेर गरिबलाई २ लाखसम्मको निशुल्क स्वास्थ्य बिमा गछौैं । अबको ५ वर्षमा प्रदेशभित्रका विपन्न पहिचान गरी १० हजार घर बनाउनेछौं ।’ बानियाँले भने–‘ यो हाम्रो संकल्प हो । जनताले गरेको आत्मदानको सम्मान गर्छौं, हामी ओलीले जस्तो रेलको कुरा, पानी जहाजको कुरा गरेर जनतालाई ढाँट्दैनौं ।’
नेपालमा गणतनत्र र संघीयता आएपछि दलित, महिला, पिछडिएको वर्ग, जनजाति, सिमान्तकृत, अल्पसंख्यक सबैको अधिकार र उनीहरुको प्रतिनिधित्व सुनिश्चत भएको भन्दै बानियाँले यहि व्यवस्थामाथि नै एमाले र तीनका अध्यक्ष ओलीले धावा बोलेको स्मरण गरे । बागमती प्रदेशमा एमालेको नेतृत्वमा साढे तीन वर्षसम्म सरकार चले पनि विकासको काममा भने पछि परेको उनको भनइ थियो । गठबन्धनको काँधमा प्रदेश सरकारको जिम्मेवारी आएपछि आफ्नो क्षेत्रमा मात्रै डेढ अर्बभन्दा बढी बजेट विनियोजन भएको बानियाँले बताए ।
माओवादी केन्द्र मकवानपुर २ ९ख० का अध्यक्ष हविल चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय राजाराम स्याङतान, घनप्रसाद गौतम, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एकीकृत समाजवादी ुजिल्ला अध्यक्ष सुर्यचन्द्र न्यौपाने, माओवादी केन्द्र केन्द्रीय सदस्य विजय गौतम, कांग्रेस बागमती प्रदेश सदस्य सन्तबहादुर चेपाङ, माओवादी केन्द्रका नेता ओमबहादुर घलान, मानकुमारी नेपाली, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोकबहादुर मुक्तान, कांग्रेस प्रतिनिधिसभा २ ९ख० का सभापति रञ्जन कालाखेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















